ओली राजा महाराजा जस्तै भए

|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट आन्दोलनभित्रको तानाशाहलाई तानेर फाल्ने बताएका छन्। आदिवासी जनजाति राष्ट्रिय भेलामा सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्। 

'प्रधानमन्त्री केपी ओलीले आफ्नो व्यक्तिगत स्वार्थको लागि असंवैधानिक कदम चाल्नुभयो। उहाँ अहिले कम्युनिस्ट आन्दोलनको लागि तानाशाही र निरङ्कुश बन्नुभयो' उनले भने, 'जनताले कम्युनिस्ट आन्दोलनमा लुकेर रहेका  त्यस्ता व्यक्तिलाई तानेर फाल्छन्।' 

'प्रधानमन्त्री ओलीले आफूले निर्माण गरेको संविधान च्यात्नुभयो। हामीलाई त्यो जस्तो दुःखदायी कुरा अरू केही हुदैन।' उनले भने, 'ओलीको असंवैधानिक कदमविरुद्ध हामी  एकढिक्का भएर लाग्नुपर्छ।' 

कम्युनिस्ट पार्टीभित्र छलफल बहस हुने उनले बताए। उनले ओलीले राजा महाराजा जस्तै शैली अपनाएको दाबी गरे। ओलीले संविधानमाथि गरेको प्रहारविरुद्ध दृढतापूर्वक लाग्नसमेत आग्रह गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.