|

काठमाडौं : भारत्तोलनका अन्तर्राष्ट्रिय खेलाडी तथा  विश्व च्याम्पियन रुप कार्कीको ५२ वर्षको उमेरमा निधन भएको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिका ६ भलवारी बस्दै आएका कार्कीको हृदयघातका कारण मृत्यु भएकाे हाे। 

बुटवलबाट उपचारार्थ काठमाडौं ल्याउँदै गर्दा बाटोमा कार्कीकाे निधन भएको अमेरिकाकाे मेरिल्याण्ड निवासी तथा नेपाल सरकारका तर्फबाट महावाणिज्यदूत प्रेमराजा महतले सामाजिक सञ्जाल फेसबुकमा  लेखेका छन्। 

नेपालमा भारत्तोलनको तालिम सञ्चालन गरेर आगामी पुस्तालाई पनि विश्व च्याम्पियन स्तरमा पुर्याउने उद्देश्यले लामो समय अमेरिका बसेर नेपाल फर्किएका कार्कीको निधनको खबरले आफू स्तब्ध भएको महतले जनाएका छन्। 

कार्की गत अक्टोबरमा आफूले प्राप्त गरेको सीप अनुभव लिदै मातृभूमिलाई योगदान गर्ने दृढ संकल्प सहित नेपाल फर्किएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.