|

काठमाडौं : नेपाली क्रिकेट सपोर्टर्स सोसाइटी (एनसीएसएस) ले आइतबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सरसफाइ गरेको छ। आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याबीचको खेलका क्रममा शनिबार दर्शकले छाडेको फोहोर एनसीएसएसले सफा गरेको अध्यक्ष भानु सिग्देलले जानकारी दिए।

खेलपश्चात पानीको बोतल, कागजका टुक्रा र प्लास्टिकले दर्शकदिर्घा बिरुप बनेको थियो।

आइसीसीबाट लोकल अर्गनाइजरको रुपमा जिम्मेवारी पाएको एनसीएसएसले यसअघि शुक्रबार पनि मैदान आसपासमा सरसफाइ गरेको थियो। मैदान आसपासका अस्थायी शौचालयसमेत त्यसैक्रममा बनाइएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.