काठमाडौं : कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा विश्वभर ९ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ।
अमेरिकामा मात्रै १६ सय ५० जनाको मृत्यु भएको छ। त्यस्तै मेक्सिकोमा १४ सय ७०, बेलायतमा ६ सय १०, ब्रजिलमा ५ सय ६२, रसियामा ४ सय ९१, कोलम्बियामा ३ सय ९२, दक्षिण अफ्रिकामा ३ सय तथा इटलीमा २ सय ९९ जनाको मृत्यु भएको छ।
योसहित विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ लाख ३७ हजार ८ सय पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ३० हजार संक्रमित थपिएका छन् । अमेरिकामा १ लाख २० हजार, बेलायतमा ३० हजार, ब्रजिलमा २८ हजार, रसियामा २१ हजार, मेक्सिकोमा २० हजार, फ्रान्समा १८ हजार तथा भारतमा १२ हजार ९ सय संक्रमित थपिएका छन्।
वल्डोमिटरको तथ्यांकअनुसार विश्वभर कोरोना संक्रमितको कुल संख्या ९ करोड ९७ लाख ३० हजार पुगेको छ। हालसम्म ७ करोड १७ लाख मानिसहरु संक्रमणमुक्त भएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।