|

काठमाडौं : कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक कर्मचारीको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार ललितपुरको गोदावरीका ५१ वर्षीय कृष्ण गोपाल श्रेष्ठको आज वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनको मृत्युप्रति मन्त्रालयले श्रद्धाञ्जलि प्रकट गरेको छ।

उनी मन्त्रालयमा कम्प्युटर अधिकृतको रुपमा कार्यरत थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.