पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा
पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा
दैलेख : कर्णालीका दुई जिल्ला कालिकोट र दैलेख अन्तरजिल्ला सडक सञ्चालमा जोडिएको छ।
दैलेखको भैरवी गाउँपालिका–७ हुँदै कालिकोटको शुभकालिका गाउँपालिकासँग–६ सम्म मोटरबाटो पुगेसँगै दुई जिल्ला सडक सञ्जालमा जोडिएका हुन्।
प्रदेश सरकारको बहुवर्षीय योजना अन्तर्गत दैलेखको माथिल्लो डङ्गेश्वर, दुल्लु, डाँडमाडी, ब्याउली हुँदै कालिकोटको सेरी पान्तडीसम्म दुई जिल्लालाई जोड्ने सडक खनिएको दैलेखस्थित भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढाले बताए।
सुर्खेतको वीरेन्द्रनगर, दैलेखको माथिल्लो डुङ्गेश्वर, बैंकमालिका, दुल्लु कुसापानी ब्याउली हुँदै कालिकोटको शुभकालिका–६ को मेहेले, सेरी पान्तडीकाट जुम्ला, मुगु हुँदै उत्तरी नाका चीनको नाम्चेसम्म यो सडक निर्माण गर्ने लक्ष्य राखिएको छ। पहिलो चरणमा कालिकोटसम्म सडक निर्माण भएको हो।
उत्त सडक निर्माणमा संघिय, प्रदेश सरकारको सहयोगमा गाउँपालिकाको पहलमा सडक निर्माणको काम भएको र हाल सम्म सडक निर्माणका लागि ५ करोड रुपैयाँजति बजेट खर्च भैसकेको भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढाले जानकारी दिए।
कालिकोट, जुम्ला, मुगु, हुम्ला पुग्ने यो सडक कर्णाली राजमार्गमा भन्दा ६८ किलोमिटर छोटो हुनेछ।
पर्यटकीय महत्वको सडक
दैलेख र कालिकोट सिधा सड्क सञ्चालमा जोडिए पछि उत्त सडक मार्गले पर्यटक विकासमा निकै ठुलो टेवा पुग्ने देखिएको छ।
कर्णाली राजमार्ग हुँदै कालिकोट, जुम्ला, मुगु हुँदै हुम्ला पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले दैलेख हुँदै आवतजावत गर्ने भएकाले सडक सञ्जालका कारण यहाँको पर्यटन विकासमा टेवा पुग्ने देखिएको हो।
कर्णाली प्रदेशका दश जिल्ला मध्ये पर्यटकीय हिसाबले दोस्रो स्थान मानिने दैलेखमा निकै पुराना धार्मिक पर्यटकीय स्थलहरू रहेका छन्।
बाइसे-चौबिसे राज्यकालमा जुम्लामा रहेको सिञ्जा राज्यको शीतकालिन राज्य दुल्लु रहेको र रारा लगायतका उत्तरी पर्यटकीय स्थलहरूमा पुग्ने पर्यटकले यहाँको अवलोकन सहजै गर्न पाउने भएकाले दैलेखको पर्यटन विकासमा निकै टेवा पुग्ने भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पगांलीले बताए।
धार्मिक पर्यटकीय हिसाबले काठमाडौंपछि तेस्रो स्थानमा रहेको दैलेखमा सिञ्जा सामराज्यदेखि पाँच पाण्डवले निर्माण गरेका विश्वास गरिने कोतगढी र पञ्चदेवल लगायतका दर्जनौं ऐतिहासिक सम्पदाहरू रहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।