|

काठमाडौं : आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले केन्यालाई ७ विकेटले हराएको छ। सोमबार काठमाडौंको कीर्तिपुर मैदानमा केन्याले दिएको १ सय ५६ रनको लक्ष्य नेपालले ११८ बल बाँकी छँदै ३ विकेट गुमाएर भेट्टाएको हो।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले नटआउट ६४, दीपेन्द्रसिंह ऐरीले ६२ र शरद भेषावकरले नटआउट २४ रन बनाए। ओपनर सुनिल धमला १ रन बनाएर आउट भए भने तेश्रो क्रममा आएका सागर पुन पनि ५ रन बनाएर आउट भएका थिए। त्यसपछि ज्ञानेन्द्र मल्ल र दीपेन्द्र सिंह ऐरीले तेश्रो विकेटका लागि १२५ रनको साझेदारी गरेका थिए।

टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले केन्यालाई कम स्कोरमा रोक्न शरद भेषावकर एक्लैले ४ विकेट लिए। त्यस्तै महबुब आलम र बसन्त रेग्मीले २/२ तथा सागर पुन र सन्दीप लामिछानेले १/१ विकेट लिएका थिए। यसअघि शनिबार कीर्तिपुर मैदानमा नै भएको केन्या विरुद्धको खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.