|

जयमान बुढा मगर

रुकुम (पूर्व) : रुकुमपूर्वमा बिहीबार राति परेको वर्षासँगै लेकाली भेगमा हिउँ परेको छ। यस वर्षको हिउँद समयमा पहिलो पटक वर्षा र हिउँ परेको छ। लामो समयसम्म पानी र हिउँ नपरेकोले जिल्लामा आकाशे पानीको भरमा रहेका हिउँदे बालीलाई सिंचाइको राहत मिलको छ।

जिल्लाको तीन गाउँपालिकामध्ये भूमे र सिस्ने गाउँपालिकामा बेसीँ बस्तीहरूमा यस पटक हिउँ परेको छैन। १४ वडा रहेको पुथाउत्तरगंगा गाउँपालिकामा भने वडा नम्बर १, २ का बस्तीसम्ममा हिउँ परेकोमा बाँकी भूमे, पुथा र सिस्ने गाउँपालिकाका बस्तीहरूमा पानी परेको छ भने, तीनै गाउँपालिकाको लेकाली भेगमा भने हिउँको भरिभराउ भएको छ।

बेसीँमा पानी र लेकाली क्षेत्रमा हिउँ परेकोले जनजीवन भने प्रभावित बनेको पुथाउत्तरगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र बुढाक्षेत्रीले जानकारी दिए। सिँचाइको सुविधा नभएको यस जिल्लाका हिउँदे अन्न बालीलाई राहत मिलेको अधिकृत बुढाक्षेत्रीले बताए।

किसान भने बाली सप्रने आसले खुसी भएका छन्। लेकाली क्षेत्रसँगै हिउँ परेको बस्तीको  घर आगन, बारी, चौतारो तथा वन जंगलमा हिउँले झकिएका छन्। हिउँदे बालीको लागि मल भन्दा जलको आवश्यक्ता रहेको भन्दै भूमे गाउँपालिका–२ गाबाङका स्थानीय जुनकुमार रोका मगरले आफूहरू उत्साहित भएको सुनाए।

हिउँदे बालीको राम्रो उब्जन हुने र वर्षे बालीको लागि पनि माटो मलिलो बनाउछ र वर्षे बालीको उब्जनमा ठूलो साहयता पुग्ने रोकाको भनाइ रहेको छ। हिउँदमा पानी र हिउँ नपरेको वर्ष ठूलो अनिकाल व्यहोर्दै आएको समेत उनले बताए। यहाँका किसानका बारीमा अहिले गहुँ, जौ हुर्किराखेको छ।

सुरक्षाको लागि पूर्व-तयारी

लेकाली क्षेत्रका सबैतिर बाक्लो हिमपात र गाउँमा चिसोले गर्दा जनजीवन कष्टकर बनेको छ। पशुचौपाय गोठभित्र राखिएको छ। हिमपातपछि समस्यामा परिन्छ भनेर सर्वसाधारणले पहिल्यै तयारी गरेका हुन्छ्न्। बारी तथा काल्नाको हरियो घाँस काटेर सुकाएकाले जाडोमा त्यही घाँस पशुचौपायलाइ दिने गर्दछन्। हाल मौसम खुलेको छैन त्यसैले अत्यधिक चिसो बढेको छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.