विचार

सबल राष्ट्रियताका निम्ति सक्षम कूटनीति
SHARES

चैत १, २०७३

    नेपाल एक भूपरिवेष्ठित देश हो। नेपालको पूर्व, पश्चिम र दक्षिणतिर भारत छ भने उत्तरतिर चीन। उत्तरतिरको सीमा क्षेत्रमा अभेद्य किल्ला हिमालय र हिमाली भाग पर्छन्। नेपालको तीनतिर भारत छ मात्र होइन, भारतबेष्ठित माने पनि हुने हो। नेपालका पूर्व, पश्चिम तथा दक्षिणतर्फका धेरै सीमास्तम्भ वा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल वा भारतबाट भनौँ, हाम्रो भूभाग मिच्ने काम जानेर वा नजानेर भइरहेको छ। खुला सिमानाको यो विशेषता नै हो। तर नेपालबाट भने मिचिएको छैन, बरु इतिहासमा नेपालको भूभाग नै गएको प्रमाण छ।

    यसरी सीमा क्षेत्रमा  भएको मिचाहा प्रवृत्तिसँग एउटा कल्पना घुम्यो समीक्षकको मनमा– यदि यो नेपाली भूभागमा वा हाललाई कञ्चनपुरको पुनर्वास क्षेत्रमा पर्ने कारगिल डाँडा साँच्चै भारत र पाकिस्ताको सिमानाको कारगिल नै हुन्थ्यो र पाकिस्तानको कुनै सीमा सुरक्षा बल वा सुरक्षा प्रहरीले एक किलोमिटर भारततिर पसेर कुनै भारतीय गोविन्द गौतमको लखेटी लखेटी हत्या गथ्र्यो भने अहिलेसम्म भारतको प्रतिक्रिया के हुन्थ्यो? 

    नेपाल खुम्चेर भए पनि विवाद गरेको पाइँदैन। कमजोर भएर भनौँ भने भारतका सीमामा हामी नेपालीहरू नै पाकिस्तान वा चीनसँग लडिरहेका हुन्छौँ, भारतको भूभागका लागि। नेपाली भूमि मिचिएको खबरसँगै सीमा सुरक्षा बलको ज्यादती पनि बेलामौकामा खबर बनिरहेका छन्। यसपटक त एक किलोमिटर मात्र भित्र आएको खबर आयो। पहिले त नेपालभित्रै आएर पक्राउ गरी लगेको र कतिपयलाई भारतीय गोलीको घाउ अझैसम्म दुखेको पाइन्छ।

    यसरी सीमा क्षेत्रमा  भएको मिचाहा प्रवृत्तिसँग एउटा कल्पना घुम्यो समीक्षकको मनमायदि यो नेपाली भूभागमा वा हाललाई कञ्चनपुरको पुनर्वास क्षेत्रमा पर्ने कारगिल डाँडा साँच्चै भारत र पाकिस्ताको सिमानाको कारगिल नै हुन्थ्यो र पाकिस्तानको कुनै सीमा सुरक्षा बल वा सुरक्षा प्रहरीले एक किलोमिटर भारततिर पसेर कुनै भारतीय गोविन्द गौतमको लखेटी लखेटी हत्या गथ्र्यो भने अहिलेसम्म भारतको प्रतिक्रिया के हुन्थ्योबारम्बार गोलीबारी भइरहने सीमाको अवस्था कस्तो हुन्थ्यो र अरु कति रक्तरञ्जित हुन्थ्यो? गोलीबारीपछि पक्कै भारतले त्यो ठाउँमा मध्यरातमा गएर हमला गथ्र्यो, जस्तो कि सर्जिकल स्ट्राइक वा अपरेसनमा भएको थियो। यदि नेपालका सशस्त्र प्रहरीले पनि त्यो दिन त्यसैगरी नेपाल पसेका भारतीय बन्दुकधारीहरूलाई नेपालको अनुमतिविना नेपालमा सशस्त्र व्यक्ति पसेको भनेर गोली हानी सीमा सुरक्षा बलको जवान मारिएको भए प्रतिक्रिया के हुन्थ्यो? अनुमान गर्न त पक्कै सकिन्छ र हामीमा पनि त्यो क्षमता नभएको पनि होइन। तर त्यत्रो सीमा विवाद भइरहेका ठाउँहरूमा किन हाम्रा सुरक्षा बलका जवानहरू हुँदैनन्? के  हामीलाई चाहिँ भारतको जस्तो सीमा सुरक्षा जरुरत नै छैन? यस्तै देखियो अहिले। यदि सीमामा जरुरत थिएन र ठूलो देशबाट थिचोमिचो हुँदैन भन्ने हामीलाई लाग्थ्यो भने भारतका सुरक्षा बलका मानिसहरू किन हाम्रो सीमा नजिकै थर्पू खसाएर बसे?

    कुनै पनि देशको अन्तर्राष्ट्रिय सम्बन्ध त्यो बेलामा मात्र मजबुत मानिन्छ वा दह्रो अडानसहितको मानिन्छ, जुनबेला राष्ट्रिय राजनीति बलियो हुन्छ। राष्ट्रिय राजनीति अर्थात् राष्ट्रको सुरक्षा नीति, सीमा नीति, अन्तर्राष्ट्रिय सम्बन्ध नीति र आर्थिक नीतिमा एकमत रहन्छ, जस्तो कि भारतमा छ, पाकिस्तानमा छ। खोइ नेपालमा? पोहोर नै देखियो, भारतले नाकाबन्दी गरेको छ र हाम्रा बारम्बार सरकारमा बस्ने दलहरू भन्थेनाकाबन्दी त भारतले गरेकै होइन, हामीले गरेका हौँ, सीमानाकामा हामी पलेँटी मारेर बसेका छौँ। के देशमा संविधान घोषणा भएको उपलक्ष्यमा संविधानसभा छोडेर सीमामा नाकाबन्दी गरेपछि समाधान भयो त? या त्यस्तो कार्यलाई वैधता दिने भारतले सोचेको थियो कि त्यसरी भारतका कास्मिरीहरूले पनि सीमामा भारतको संविधानको विरुद्धमा त्यसैगरी पलेँटी कस्न पाउँछन् र पाकिस्तानले पनि त्यसै गरी ती पलेँटी कस्नेलाई खाना, खाजा दिएर सहयोग गरेमा भारतले पचाउला? कुरो भारतको मात्र होइन, संसारको इतिहासमा नै यस्तो सहिष्णुता संसारमा अरू कतै पाइएलानेपाल र भारतका बीचको सहिष्णुता र भारतपाकिस्तानबीचको असहिष्णुता? फेरि हामी एउटै सार्कभित्र छौँ  र संयोगले सार्कको अध्यक्षता नेपालले गरिरहेको छ।

    जबसम्म हामीले आन्तरिक समस्यामा आफैँ बसेर समाधान गर्ने धैर्य देखाउन सक्दैनौँ, हामीलाई अरूले हेप्छन् मात्र होइन कि पेल्छन् पनि किनभने सीमास्तम्भका बारेमा, भारतले नेपाललाई हेर्ने दृष्टिकोणको समीक्षामा पनि आन्तरिक मतैक्य छैन। अनि कूटनीतिक नियोगहरूको पनि काम हुँदैन। जस्तो कि भुटानसँगको सम्बन्धमा हामी सधैँ हारेका छौँ। भुटानी शरणार्थीहरूलाई भारतको बाटो आउने छुट सधैँ रह्यो तर त्यसपछि भारतमा प्रवेश गर्ने छुट कहिल्यै भएन। भुटान जान भन्दा समुद्रपार जान बरु सजिलो भयो। भुटानीहरू भुटान जान पाएका छैनन् र पाउँदैनन् पनि अझै।

    देश सानो ठूलो हुँदैन, बराबरीका हुन्छन्। आन्तरिक कुरामा यदि हामीले विदेशीहरूलाई गुहार्न थाल्यौँ भने अहिले नेपाललाई सीमा क्षेत्रमा भारतले हेपेजस्तै भोलि भारतलाई पनि नेपालले हेप्न थाल्यो भने के होला? अबको राष्ट्रियताको सबलीकरण भनेको नेपालको विकास गर्दै नेपालीहरू आफ्ना खुट्टामा उभिने हुनुपर्नेमा सधैँ भारतसँगको सम्बन्ध र सीमाको सम्बन्धले हामी गोनु झाको बिरालो जस्तै हुने भयौँ। गोनु झाको बिरालो सधैँ दूध देखेपछि भागेजस्तै हामी तर्सिरहने भयौँ। केका लागि कूटनीतिक नियोग खोलिएको हो भारतमा? भारतका एउटा विदेश सचिवले हाम्रा प्रधानमन्त्रीलाई थर्काउँछन् अनि हामी सुरक्षात्मक हुनथाल्छौँ, विना गल्ती। तर एउटा नेपाली नागरिक विना कारण नेपालभित्रै भारतीय सुरक्षा बलको गोली लागेर नेपालमा मारिन्छ अनि नेपालमा रहेको भारतीय नियोगले भन्छसुरक्षा बलले गोली नै चलाएको थिएन । हुनत हाम्रो देश कस्तो भने प्रधानन्यायाधीश र सभामुखको अनुसन्धान र छानबिन समितिको प्रतिवेदनले भन्छबन्दुक पड्कियो, तर कसले पड्कायो भन्दा भनिँदैन। राजाका परिवार नै सखाप हुन्छन् अनि फेरि अर्को छानबिन समिति गठन नै हुँदैन।

    तत्काल एउटा उच्चस्तरीय अन्तर्राष्ट्रियस्तरको अनुसन्धान समिति वा आयोग बनाएर सीमा स्तम्भ, सीमामा हुने झडप र सीमा क्षेत्र निर्धारण समिति बनाई भारत र चीनसँगको सीमा नियमन गरिनु जरुरी छ। हाम्रो कूटनीति त्यसमा केन्द्रित हुनु जरुरी छ। आवश्यकता परे संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय अदालत अनि द्विपक्षीय विशेषज्ञहरूको सेवा लिन पनि सक्नुपर्छ। नेपालले यसबारेमा मतैक्य बनाउन सके केही पनि ठूलो कुरो होइन। हामीले भारत र चीनबाट सीमा सुरक्षासम्बन्धी सतर्कता सिक्नुपर्छ। भारतले चीनसँग, वर्मासँग, पाकिस्तानसँग, श्रीलंकासँग गर्ने व्यवहारलाई हामीले पनि सिको गर्न सके सीमाको सुरक्षा हुनसक्छ।

    जसरी भारत अरूसँगको सम्बन्धमा आफ्नो देशमा एक छ, हामीले पनि सबैभन्दा पहिले नेपालको आन्तरिक राजनीतिमा विदेश मामिलामा एक भएर दृष्टिकोण बनाउनु जरुरी भएको छ। अनि मात्र कूटनीतिक नियोगले पनि दह्रोसँग कुरा राख्न सक्छ। आफ्ना कुरा बिस्तारै भने पनि तरङ्ग ल्याउने गरी भन्न सक्छ।

    जसरी संयुक्त राज्य अमेरिकामा डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमा नियमन गर्ने बाचामा निर्वाचन जिते, अब नेपालमा पनि आगामी निर्वाचनहरूमा भारत र चीनसँगको सीमा नियमन गर्ने सर्तमा निर्वाचन जित्ने काम हुनु जरुरी छ। वीपी कोइरालाको प्रधानमन्त्रीत्वको बेलामा मुस्ताङमा चिनियाँ सैनिक प्रवेश गरेर गोली चलाउँदा बमप्रसाद शाहको निधन र केही नेपाली सैनिकहरू अपहरणमा पर्दा कुरो स्पष्ट भएपछि तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ एन लाईले माफी माग्दै उचित क्षतिपूर्तिसमेत दिएका थिए। त्यति मात्र होइन, भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूले नेपालको उत्तरी सीमामा भएको चिनियाँ हस्तक्षेप भारतविरुद्ध नै ठानेको भनेर भारतीय संसदमा दिएको बयानलाई पनि नेपालले भर्त्सना गर्दै नेपाल सीमा सुरक्षा गर्न र चीनसँगको आन्तरिक सम्बन्ध सहजीकरण गर्न सक्षम रहेको प्रधानमन्त्री कोइरालाले बयानमा भनेपछि नेहरूले पनि नेपालसँग माफी माग्नुपरेको इतिहास साक्षी छ।

    कूटनीति त शान्त नै होस्। नेपाल कसैसँग लड्न चाहँदैन। आपसमा हुने सामान्य विवादलाई समाधान गरेर बस्न चाहन्छ किनभने छिमेकी परिवर्तन गर्न सकिँदैन तर छिमेकीले हेपाहा प्रवृत्तिविरुद्ध बोल्न र फेरि फेरि त्यसो नगर्न चेतावनीचाहिँ दिन सकिन्छ। चेताउन पनि सकिन्छ। जानेर भए फेरि त्यसो नहोला, नजानेर भए पनि फेरि त्यसो नदोहोरिएला।

    वास्तवमा भारत र नेपालको सम्बन्ध विशेष र अनौठो छ। तर त्यसो भन्दैमा भारतको सुरक्षा र नेपालको सुरक्षालाई दृष्टिगत गरी सीमा नियमन गर्नु जरुरी भएको छ। खुला सीमाबाट नै हो अरू देशका मानिसहरू नेपाल र भारतमा पस्ने। खुला सीमाबाट नै हो लागू पदार्थको ओसार पसार, सुन तस्करी, जाली नोटको प्रसारण र अवैध हतियारको ओसार पसार।

    जसरी भारत अरूसँगको सम्बन्धमा आफ्नो देशमा एक छ, हामीले पनि सबैभन्दा पहिले नेपालको आन्तरिक राजनीतिमा विदेश मामिलामा एक भएर दृष्टिकोण बनाउनु जरुरी भएको छ। अनि मात्र कूटनीतिक नियोगले पनि दह्रोसँग कुरा राख्न सक्छ। आफ्ना कुरा बिस्तारै भने पनि तरङ्ग ल्याउने गरी भन्न सक्छ।

    नेपाल कसैको पनि न त कहिल्यै उपनिवेशमा थियो, न आफ्नो स्वतन्त्रताको हनन् भएको कहिल्यै भोगेको थियो इतिहासमा। आन्तरिक समस्याले गिजोलिए पनि नेपाल स्वतन्त्र र अविभाज्य भए मात्र नेपालीको आन, मान र शान बढ्नेछ। नेपालको स्थिरता र प्रजातन्त्रीकरणले मात्र राष्ट्रियता सबल हुन्छ, राष्ट्र सबल भएपछि मात्र आन्तरिक र बाह्य नीति सबल भएको मानिन्छ। ढिलो नगरौँ। आन्तरिक प्रतिस्पर्धासहितको प्रजातान्त्रिक परिपाटी र मतैक्यसहितको बलियो परराष्ट्र नीति हाम्रो सबलीकरणको प्राथमिक सर्त भएको छ।

हरिविनोद अधिकारी

पत्रकार अधिकारी समसामयिक विषयमा कलम चलाउँछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]