पाँच नाचका पाँच विशेषता

|

अमलटारी (नवलपरासी) : जीविकोपार्जनको लागि माछा मारेर गुजारा गर्नुपर्ने कावासोती अमलटारीका थारु समुदाय हिजोआज होम स्टे सञ्चालन गरेर  राम्रो आम्दानी गरिरहेका छन्। थारु तथा बोटे समुदायले सञ्चालन गर्ने होम स्टेमध्ये अब्बल ठहरिन्छ नवलपारासी कावासेती १५ मा सञ्चालन गरिएको अमलटारी होम स्टे।

होम स्टे सञ्चालनबाट यहाँका २३ घर परिवारले आर्थिक लाभ त लिएका छन् नै सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर संस्कृति जोगाउनुका साथै पर्यटक लोभ्याइरहेका छन्। होमस्टेमा आउने पाहुनाहरुको मनोरञ्जनको लागि उनीहरुले साँझ साढे आठ बजेदेखि १० बजेसम्म थारु साँस्कृतिक कार्यक्रम राखेका छन्। साँस्कृतिक कार्यक्रममा उनीहरुले ५ वटा नाच अनिवार्य देखाउछन भने अन्य भने पाहुनाको रोजाइमा भर पर्छ।

यस्ता छन् ५ नाचका पाच विशेषता

१. थारु लाठी डान्स

थारु सुमदायले पाहुनाको स्वागतको क्रममा देखाउने पहिलो नाच हो यो। केटा र केटीले लठ्ठी लिएर नाच्ने गर्छन्। पहिले पहिले थारुहरु गोठालो जादा वनमा वन्यजन्तबाट बच्नको लागि र आफूले चराउन लगेका पशुपंक्षीलाई कसरी कन्ट्रोलमा राख्ने भनेर यो नाचमा देखाउन खोजिएको छ। वन्यजन्तुबाट जोगिनको लागि हतियारको रुपमा प्रयोग गरिने लाठीलाईलाई मनोरञ्जनको रुपमा प्रस्तुत गरिएको हो।

गोलहेनी डान्स

विशेषत थारु, बोटे र मुसहर समुदायको वस्ती रहेको कावासेती १५ अमलटारीमा पाहुनाको स्वागतको लागि गोलहेनी नाच पनि प्रस्तुत गरिन्छ। यो नाच बोटे समुदायको संस्कृतिमा आधारित छ। बोटे समुदायका छोरी पहिले सानो उमेरमा विवाह गरिदिने र केटा पक्षको घरमा बुहारीलाई अपमान गरिएपछि माइत फर्कन बाध्य भएको कथा यस नृत्यमा छ। विवाह भइसकेको छोरीले बेहुलाको घरमा बस्न नसकेर माइत जाने क्रममा खोलो तर्न बोटेको सहयोग माग्ने र उनीहरु बीचको वार्तालापलाई यो नाचमा देखाइएको छ।

हेर्नुस् भिडियो

जगेडा नाच

जगेडा नाच थारु समुदायको नाच हो। यो नाच विशेषत होलीपर्वमा नाचिने भएता पनि पाहुनाको स्वागतका उनीहरुले प्रत्येक दिन प्रस्तुत गर्ने गर्छन्।

झर्रा नाच

झर्रा पनि थारु समुदायमा नाचिने नाच हो। विभिन्न किसिमका सांस्कृतिक पर्वहरुमा नाचिने यो नाच विशेषत तिहारको समयमा नाचिन्छ। 

झुमरा नाच

थारु समुदायको यो नाच भने विजय प्राप्तिको पछि हर्ष मनाउन नाचिने नाच हो। यो नाचलाई उनीहरुले विजयको उल्लासको रुपमा लिने गर्छन्। विजय प्राप्त गरेपछि लठ्ठीलाई चिराचिरा पारेर तथा ठूलो लठ्ठीलाई काटेर सानो बनाएर नाचिन्छ। 

नेपाली थारु रिमिक्स नाच

यो थारु समुदायले सुरु गरेको नयाँ नाच हो। यहाँ थारु समुदायले अन्य सांस्कृतिक कार्यक्रम सकिएपछि पाहुनालाई नाचउने गर्छन्। यहाँ नेपाली थारु रिमिक्स नाचमा पाहुना र थारु समुदायका कलाकारसंगै नाच्ने गर्छन्।

यसरी हुन्छ आर्थिक उपार्जन

वर्षभरी विभिन्न चाडपर्वको अवसरमा गरिने सांस्कृतिक कार्यक्रम होम स्टे सञ्चालन गरेपछि उनीहरुले प्रत्येक दिन सञ्चालन गर्छन्। प्रत्येक दिन नयाँ पर्यटक आउँदा उनीहरुमा थारु पहिचान तथा संस्कृतिको विषयमा जानकारी हुन्छ।

होम स्टेमा बस्न आएका पर्यटकलाई मनोरञ्जनको लागि थारु समुदायले साँस्कृतिक नृत्य प्रस्तुत गर्दा होम स्टेमा आउनेको संख्या बढेको होम स्टेका प्रबन्धक धनीराम गुरौ बताउँछन्। थारु नाचबाट प्रभावित धेरै पाहुनाहरुले स्वेच्छिक रुपमा पैसा पनि दिने गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.