|

कालिकोट : कालिकोट जिल्लामा सरकारी गाडीको चरम दुरुपयोग भएको पाइएको छ। सडक नै नभएको ठाउँमा गाउँपालिकाले महँगा गाडी खरीद गरी सरकारी सम्पत्तिको चरम दुरुपयोग गरेका हुन्‌।

​आइतबार कालिकोट जिल्लाको शुभकालिका गाउँपालिकाले खरिद गरेको कर्णाली प्रदेश ०१–००१,००९१ नम्बरको गाडीमा नेकपा माधव-प्रचण्ड समूहका नेता कार्यकर्ता ओसारेको पाइएको छ। सरकारी काममा प्रयोग गर्नुपर्ने गाडी राजनीतिक दलका कार्यकर्ता ओसार्न दुरुपयोग भएको हो।

पार्टीको कार्यक्रममा नभएर सहयोगका लागि गाडीमा कार्यकर्ता हालेको अध्यक्ष खडानन्द चौलागाईंले जिकिर गरेका छन्‌।

​सडक नै नपुगेको गाउँपालिकामा महँगो गाडी खरीद गरी पटक-पटक राजनितिक दलको कार्यक्रममा प्रयोग भैरहेकोप्रति अहिले सामाजिक सञ्‍जालमा स्थानीय नागरिकले चर्को विरोध गरिरहेका छन्।

केही समय पहिले माधव-प्रचण्ड समूहले सुर्खेतमा आयोजना गरेको भेलामा पनि सोही गाउँपालिकाका अध्यक्ष खडानन्द्र चौलागाईं सहितको नेकपा नेता लैजान प्रयोग भएको थियो।

कालिकोट जिल्लाका ९ मध्ये ६ स्थानीय तहले गाडी खरिद गरेका छन्‌। पचाल झरना, सान्नी त्रिवेणी र पलाँता गाउँपालिकाका लागि भने गाडी किनिएको छैन। ती स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूले पैदल र मोटरसाइकलमा यात्रा गरिरहेका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.