|

बीबीसी : थाइल्यान्डमा प्रहरीले गैडाका २१  बरामद गरेको छ।  ५० लाख अमेरिकी डलर बराबरको खाग इथियोपियाबाट थाइल्यान्ड ल्याइदैं गर्दा प्रहरीले बैंकक विमानस्थलमा बरामद गरेको हो।

पछिल्लो समय थाइल्यान्ड वन्यजन्तु तस्करहरुको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ। वन्यजन्तु संरक्षणकर्ताहरुले गैंडाका थुप्रै प्रजातीहरु तस्करका कारण मृत्युको संकटमा पर्दै गएको बताएका छन्।

भियतनाम र कम्बोडियाबाट आएका दुई महिलाहरु बैंकक विमानस्थलमा खाग संकलनका लागि आएका थिए। जहाँ इथियोपिया हुँदै खाग भित्रिएको थियो।

थाई प्रहरीका अनुसार चेकिङका क्रममा प्रहरीले लगेज समातेपछि उनीहरु भागेका थिए। अधिकारीहरुले यस घटनाले थाइल्यान्डमा तस्करहरुको जालो फैलदै गरेको पुष्टी गरेको बताएका छन्। वन्यजन्तु अभियन्ताहरुले दक्षिणी अफ्रिकामा गैंडा मारेर खाग झिकेको हुनसक्ने बताएका छन्।

थाइल्यान्डले तस्करी रोक्नका लागि अनेकौ प्रयास गरेपनि 'बैंकक एयरपोर्ट एशियामा वन्यजन्तु तस्करीका लागि अझै पपुलर हब रहेको' अधिकारकर्मीहरुले बताएका छन्। अन्तर्राष्ट्रिय राईनो फाउन्डेशनका अनुसार २० औं शताब्दीमा ५ लाखको हाराहारीमा रहेको गैडाको जनसंख्या अहिले झन्डै २९ हजार मात्रै छ।

यसै महिनाको सुरुवातमा तस्करहरुले फ्रान्सको चिडियाखानामा गैंडालाई गोली हानेर मारेका थिए। उनीहरुले गैंडाको खाग लगेका थिए। त्यस्तै दक्षिण अफ्रिकामा रहेको निकुञ्जबाट तस्करहरुले २ गैंडा मारेर खाग चोरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.