|

धादिङ : बेनीघाटरोराङ गाउँपालिका–७ चरौँदीस्थित पृथ्वीराजमार्गमा रोकिराखेको ट्रकमा माइक्रो बस ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। 

इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार नवलपरासीबाट काठमाडौँका लागि छ्ुटेको  बा ३ ख ८४ नम्बरको माइक्रोबस शनिबार बिहान करिब साढे ६ बजे सडकमा रोकिराखेको ना ६ ख ४६० नम्बरको मालबाहक ट्रकको पछाडि ठक्किएको थियो।

प्रहरी नायब उपरीक्षक खड्काले दिएको जानकारी अनुसार मृत्यु हुनेमा नवलपरासीको देउचुली–१६ की ५० वर्षीया हिरामाया गुरुङ र सोही ठाँउकी करिब ६५ वर्षीया कृष्णकुमारी केसी रहेका छन्।  दुर्घटनामा ६ जना घाइते भएका छन्। घाइतेमध्ये तीनजनालाई चितवन रिफर गरिएको छ भने दुई जनाको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको छ। अर्का एक जना घाइते सामान्य उपचार पश्चात डिस्चार्ज भएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.