|

जनकपुरधाम : ३ चैतदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षामा धनुषामा १० हजारभन्दा बढी विद्यार्थी सहभागी हुने भएका छन्। 

जिल्ला शिक्षा कार्यालय धनुषाका उप–जिल्ला शिक्षा अधिकारी दानीकान्त झाका अनुसार नियमिततर्फ १० हजार ६ सय २२ जना, ग्रेड वृद्धितर्फ १ हजार १ सय १७, एक्जामटेडतर्फ ७ सय २ तथा प्राविधिकतर्फ ७९ जना रहेका छन्। 

गत वर्ष धनुषा जिल्लामा ३९ वटा केन्द्र निर्धारण गरिए पनि यसवर्ष २ वटा केन्द्र थप गर्दै जम्मा ४१ वटा परीक्षा केन्द्र तोकिएको उप–जिल्ला शिक्षा अधिकारी झाले बताए। उनका अनुसार प्रत्येक केन्द्रमा एक÷एक जना केन्द्राध्यक्ष रहने व्यवस्था मिलाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.