|

  • रमेश पराजुली

चौतारा : नेपाल सरकार मन्त्री परिषद्को निर्णयअनुसार नेपाल राजपत्रमा २७ फागुनमा प्रकाशित भएको सूचनाबमोजिम सबै जिल्ला विकास समितिहरुको नाम समन्वय समितिमा परिणत भएको छ। सिन्धुपाल्चोक जिल्ला विकास समिति पनि जिल्ला समन्वय समितिमा परिवर्तन भएको छ।

नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार स्थानीय विकास अधिकारीले जिल्ला समन्वय समिति, नयाँ गठन गरेका गाउँपालिकाहरुको साइनबोर्ड, लेटरप्याड, कार्यालय छाप परिवर्तन भएको छ।

सरकारले नयाँ संरचना लागू गरेपछि जिल्ला समन्वय समितिका कृष्णबहादुर शाहीले सिन्धुपाल्चोकमा निर्णय कार्यान्वयन भइसकेको जनाएका छन्।

को–को खटिए कार्यकारी अधिकृत?

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले नयाँ संरचनाअनुसार स्थापित भएको चौतारा साँगाचोक गढी नगरपालिकामा शाखा अधिकृत भुवनेश्वर लामिछाने र मेलम्ची नगरपालिकामा शाखा अधिकृत पूर्णप्रसाद लामिछानेलाई यथावत राख्दै बाह्रबिसे नगरपालिमा नासु मेखबहादुर खड्कालाई कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ।

यस्तै, भोटेकोसी गाउँपालिकामा नासु रामप्रसाद आचार्य, त्रिपुरासुन्दरी गाउँपालिकामा नासु खिकाप्रसाद सापकोटा, लिशंखु पाखर गाउँपालिकामा नासु शिवराम श्रेष्ठ, सुनकोसी गाउँपालिकामा नासु शेषमणि

खतिवडा, बलेफी गाउँपालिकामा नासु जयप्रसाद गजुरेल, जुगल गाउँपालिकामा नासु ध्रुव थापा, इन्द्रावती गाउँपालिकामा नासु जगतमान ताल्चाभँडेल, पाँचपोखरी थाङपाल गाउँपालिकामा नासु दिनेशकुमार पोखरेल, हेलम्बु गाउँपालिकामा नासु रामबहादुर श्रेष्ठलाई गाउँपालिका कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ।

गाउँपालिकाभित्र रहेका साविक गाविस सचिवहरु भने सम्बन्धित गाउँपालिकाका वडास्तरीय सचिवको रुपमा कार्यरत रहने व्यवस्थासमेत समन्वय समितिले मिलाएको छ।

यस्ता छन् ३ नगरपालिका

१. चौतारा साँगाचोक गढी नगरपालिका

चौतारा साँगाचोक गढी नगरपालिकामा पहिलेको चौतारा नगरपालिका, स्याउले, बतासे, इर्खु, कदमवास, साँगाचोक र ठूलोसिरुबारी गाविस समावेश गरी चौतारा नगरपालिका घोषणा गरिएको छ।

कुल १ सय ६५.२५ वर्ग मिटर क्षेत्रफल रहेको ४६५०१ जनसंख्या रहेको छ। पूर्वमा सुनकोसी र बलेफी गाउँपालिका, पश्चिममा इन्द्रावती गाउँपालिका, उत्तरमा जुगल गाउँपालिका र दक्षिणमा काभ्रेपलाञ्चोकको सिमाना रहेको यस नगरपालिकाको केन्द्र साविक चौतारा नगरपालिकाको कार्यालयमा रहनेछ।

नयाँ चौतारा साँगाचोक गढी नगरपालिकाको वडा नं. १ मा साविक स्याउले गाविसको वडा नं. १ देखि ९ वडा समावेश गरिएको छ भने नगरपालिकाको वडा नं. २ मा साविक बतासे गाविसको वडा नं. १ देखि ५ सम्म समावेश गरिएको छ।

त्यस्तै, नगरपालिका वडा नं. ३ मा साविक बतासे गाविस वडा नं. ६ देखि ९ लाई समावेश गरिएको छ भने वडा नं. ४ मा साविक चौताराको ५ र ६ र वडा नं. ५ मा साविक चौताराको ३, ४, ७ र वडा नं. ६ मा साविक चौताराको वडा नं. १ र २, वडा नं. ७ मा साविक चौताराको ८ र ९ कायम गरिएको छ।

साविक इर्खु गाउँ विकास समितिलाई वडा नं. ८, साविक कदमवासलाई वडा नंं. ९, साविक साँगाचोक गाविसको वडा नं. १, २, ७ लाई १० र साविक साँगाचोककै ५, ८, ९, ११ र साविक साँगाचोकको ३, ४, ६ लाई नयाँ चौतारा साँगाचोक गढी नगरपालिकाको वडा नं. १२ मा समावेश गरिएको छ।

त्यस्तै, साविक ठूलोसिरुवारी गाविसको वडा नं. १ देखि ६ सम्मलाई वडा नं. १३ र ठूलोसिरुवारीकै वडा नं. ७, ८ र ९ डडुवालाई वडा नं. १४ मा समावेश गरी जम्मा १४ वटा वडा रहेको चौतारा साँगाचोक गढी नगरपालिका कायम भएको छ।

२. मेलम्ची नगरपालिका

मेलम्ची नगरपालिकामा पहिलेको मेलम्ची नगरपालिका, भोटेचौर, हैबुङ, थकनी र दुवाचौर गाविस समावेश गरिएको छ।

कुल १ सय ५८.१७ वर्ग मिटर क्षेत्रफल रहेको यस नगरपालिकाको कुल जनसंख्या ४५,३४३ रहेको छ। पूर्वमा इन्द्रावती र पाँचपोखरी थाङपाल गाउँपालिका, पश्चिममा काठमाडौं र नुवाकोट जिल्ला, उत्तरमा पाँचपोखरी थाङपाल र हेलम्बू गाउँपालिका र दक्षिणमा काभ्रेपलाञ्चोक र काठमाडौं जिल्ला सिमाना रहेको यस नगरपालिकाको केन्द्र साविक मेलम्ची नगरपालिकाको कार्यालयमा रहनेछ।

कार्यकारी अधिकृतको रुपमा पूर्णप्रसाद दुलाल रहेका छन्। मेलम्ची नगरपालिकाको वडा नं. १ मा साविक भोटेचौर गाविसको वडा नं. १ देखि ४ वडा समावेश गरिएको छ भने नगरपालिकाको वडा नं. २ मा साविक भोटेचौर गाविसको वडा नं. ५ देखि ९ सम्म समावेश गरिएको छ।

त्यस्तै, नगरपालिका वडा नं. ३ मा साविक हैबुङ गाविस वडा नं. १ देखि ९ लाई समावेश गरिएको छ भने वडा नं. ४ मा साविक थकनीको १ र ९ र वडा नं. ५ मा साविक मेलम्चीको ३ र ४ र वडा नं. ६ मा साविक मेलम्चीको वडा नं. १ र २, वडा नं. ७ मा साविक दुवाचौरको १ देखि ६ कायम गरिएको छ।

त्यस्तै, वडा नं. ८ मा साविक दुवाचौर ७, ८ र ९, साविक मेलम्चीलाई १४, १५ लाई वडा नंं. ९, त्यस्तै वडा नं. १० मा साविक मेलम्ची वडा नं. १२, १३, वडा नं. ११ मा साविक मेलम्ची ५ र ७, वडा नं. १२ मा साविक मेलम्ची ८ र ९, वडा नं. १३ मा साविक मेलम्ची १० र ११ समावेश गरी १३ वडा रहेको मेलम्ची नगरपालिका कायम भएको छ।

. बाह्रबिसे नगरपालिका

साविक बाह्रबिसे घोर्थली वडा नं. १ देखि ४, कर्थली, गाती, घुम्थाङ, मानेश्वाँरा र राम्चे समावेश भई बाह्रबिसे नगरपालिका कायम भएको छ।

१६.७३ वर्ग किमी क्षेत्रफल रहेको यस नगरपालिकाको जनसंख्या २६,७०० रहेको छ भने ९ वटा वडामा विभाजन गरिएको छ। साविक बाह्रबिसे गाउँ विकास समितिको कार्यालयलाई केन्द्र मानिएको बाह्रबिसे नगरपालिकाको पूर्वमा भोटेकोसी गाउँपालिका र दोलखा जिल्ला पश्चिममा बलेफी र जुगल गाउँपालिका, उत्तरमा भोटेकोसी गाउँपालिका, दक्षिणमा त्रिपुरासुन्दरी र बलेफी गाउँपालिका रहेका छन्।

बाह्रबिसे नगरपालिकामा साविक घोर्थली गाउँ विकास समितिको वडा नं. १ देखि ४ सम्मलाई वडा नं. १ कायम गरिएको छ भने वडा नं.२ मा साविक कर्थली गाउँ विकास समिति वडा नं. १ देखि ९ सम्मलाई कायम गरिएको छ।

त्यस्तै, साविक बाह्रबिसे गाविसको वडा नं. १ देखि ४ सम्मलाई नगरपालिकाको वडा नं. ३ कायम गरिएको छ भने साविक बाह्रबिसेको वडा नं. ४ कायम गरिएको छ। साविक गाती गाविसको वडा नं. १ देखि ५ सम्मको वडालाई वडा नं. ५ कायम गरिएको छ भने साविक गाती गाविसको वडा नं. ६, ७, ८, ९ लाई वडा नं. ६ कायम गरिएको छ।

त्यस्तै, साविक घुम्थाङ गाविसको वडा नं. १ देखि ९ सम्मलाई वडा नं. ७, साविक मानेश्वाँरा गाविसको वडा नं. १ देखि ९ सम्मलाई वडा नं. ८ र राम्चे गाविसको वडा नं. १ देखि ९ सम्मलाई वडा नं. ९ कायम गरिएको छ।

यसरी बनेका छन् नौ गाउँपालिका

.  इन्द्रावती गाउँपालिका

माझी दनुवार जाति संरक्षित क्षेत्रको रुपमा इन्द्रावती गाउँपालिका रहेको छ। सिम्पालकाभ्रे, कुञ्चोक, नवलपुर, बाँडेगाउँ, सिपापोखरे, भोटसिपा, भीमटार गाविसहरु समेटिएको २८ हजार ५ सय १७ जनसंख्या भएको माझी दनुवार जाति बढी मात्रामा रहेको यस इन्द्रावती गाउँपालिकाको केन्द्र साविक नवलपुर गाविसको कार्यालय रहेको छ।

१०५.०९ वर्गा किमी क्षेत्रफल रहेको इन्द्रावती गाउँपालिकाको पूर्वमा चौतारा साँगाचोक गढी नगरपालिका र जुगल गाउँपालिका, पश्चिममा मेलम्ची नगरपालिका र उत्तरमा पाँचपोखरी थाङपाल र जुगल गाउँपालिका र दक्षिणमा काभ्रेपलाञ्चोक जिल्ला सिमाना रहेको छ।

जुगल गाउँपालिका

सेलाङ, गोल्चे, गुम्बा, पाङताङ, बराम्ची र हगाम गाविस समेटी जुगल गाउँपालिका कायम गरिएको छ।

१९ हजार २ सय ३१ जनसंख्या रहेको सो गाउँपालिकाको क्षेत्रफल २७३.६२ वर्ग किमी रहेको छ। जम्मा ७ वडा संख्या रहेको सो गाउँपालिकाको केन्द्र साविक बराम्ची गाविसको कार्यालयमा रहने भएको छ। 

पूर्वमा बाह्रबिसे न.पा., भोटोकोसी गाउँपालिका र चीन, पश्चिममा पाँचपोखरी थाङपाल र इन्द्रावती गा.पा., उत्तरमा रसुवा जिल्ला र चीन, दक्षिणमा चौतारा साँगाचोक गढी न.पा. र बलेफी गा.पा. सिमाना रहेको छ।

साविक सेलाङ गाविसको १–९ वडा नं. १ मा, साविक गोल्चे गाविसको १–९ वडा नं. २ मा, साविक गुम्बा गाविसको १–९ वडा नं. ३ मा, साविक पाङताङ गाविसको १–९ वडा नं. ४ मा, साविक बराम्ची १–९ वडा नं. ५ मा, साविक हगाम १–५ वडा नं. ६ मा र साविक हगाम ६–९ वडा नं. ७ मा समावेश गरिएको  छ।

पाँचपोखरी थाङपाल गाउँपालिका

बाँसखर्क, बरुवा, भोताङ, थाङपालकोट, थाङपालधाप, गुन्साकोट, भोटेनाम्लाङ, लाँगर्चेलाई समेटेर २० हजार ८ सय ६० जनसंख्या रहेको पाँचपोखरी थाङपाल गाउँपालिका कायम गरिएको छ।

साविक थाङपालधाप गाविसको कार्यालय केन्द्र रहेको सो गाउँपालिकाको क्षेत्रफल १८७.२९ वर्ग किमि रहेको छ भने पूर्वमा जुगल गा.पा., पश्चिममा हेलम्बु गा.पा., उत्तरमा रसुवा जिल्ला, दक्षिणमा मेलम्ची न.पा. र इन्द्रावती गा.पा. सिमाना रहेको छ।

वडा नं. १ मा साविक बाँसखर्कको १–९, वडा नं. २ मा साविक बरुवा गाविसको १–९, वडा नं. ३ मा साविक भोताङ गाविसको १–९, वडा नं. ४ मा साविक थाङपालकोटको १–९, वडा नं. ५ मा साविक गुन्सा गाविसको १–९, वडा नं. ६ मा साविक थाङपालधाप गाविसको १–९, वडा नं. ७ मा भोटेनाम्लाङ गाविसको १–९ र वडा नं. ८ मा साविक लाँगर्चे गाविसको १–९ समावेश गरी वडा विभाजन गरिएको हो।

बलेफी गाउँपालिका

जलवीरे, फुल्पिङकोट, फुल्पिङडाँडा, मांखालाई  समेटेर १८ हजार ९ सय ९ जनसंख्या भएको बलेफी गाउँपालिकाको कायम गरिएको छ।

६१.६० वर्ग किमी क्षेत्रफल रहेको यस गाउँपालिकाको केन्द्र साविक फुल्पिङडाँडा गाविसको कार्यालयमा रहेको छ। सिमाना पूर्वमा बाह्रबिसे न.पा., जुगल र त्रिपुरासुन्दरी गा.पा., पश्चिममा चौतारा साँगाचोक गढी न.पा., उत्तरमा जुगल गा.पा. र दक्षिणमा सुनकोसी गा.पा. रहेको छ।

वडा नं. १ मा साविक जलवीरे गाविसको १–९, वडा नं. २ मा साविक फुल्पिङकोट गाविसको १–४, वडा नं. ३ मा साविक फुल्पिङकोट गाविसको ५–८, वडा नं. ४ मा साविक फुल्पिङडाँडा गाविसको १–४, ८, वडा नं. ५ मा साविक फुल्पिङडाँडा गाविसको ५–७, ९, वडा नं. ६ मा साविक मांखा गाविसको ७–९, वडा नं. ७ मा साविक मांखा गाविसको ३–६ र वडा नं. ८ मा साविक मांखा गाविसको १–२ समावेश गरिएको हो।

भोटेकोसी गाउँपालिका 

तातोपानी, फुल्पिङकट्टी, लिस्तीकोट, मार्मिङ गाविसलाई समेटी १७ हजार १ सय ५६ जनसंख्या भएको भोटेकोसी गाउँपालिका कायम गरिएको छ।

जसको क्षेत्रफल २ सय ७८.३१ वर्ग किमी रहेको छ। यसको केन्द्र साविक फुल्पिङकट्टी गाविसको कार्यालय रहेको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा दोलखा जिल्ला र चीन, पश्चिममा बाह्रबिसे न.पा. र जुगल गा.पा., उत्तरमा चीन र दक्षिणमा बाह्रबिसे न.पा. रहेको छ।

पाँच वटा वडा संख्या रहेको यस गाउँपालिकाको वडा नं. १ मा साविक लिस्तीकोट गाविसको १–९, वडा नं. २ मा साविक तातोपानी गाविसको १–४, वडा नं. ३ मा साविक तातोपानी गाविसको ५–९, वडा नं. ४ मा साविक फुल्पिङकट्टी गाविसको १–९ र वडा नं. ५ मा साविक मार्मिङ गाविसको १–९ समावेश भएको छ।

 ६. लिशंखु पाखर गाउँपालिका

ठूलोधादिङ, अत्तरपुर, लिशंखु, जेठल, पेट्कु र ठूलोपाखर गरी १५ हजार १ सय ५५ जनसंख्या रहेको लिशंखु पाखर गाउँपालिका  कायम गरिएको छ।

९८.६१ वर्ग किमी क्षेत्रफल, साविक अत्तरपुर गाविसको कार्यालय केन्द्र रहेको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा दोलखा जिल्ला, पश्चिममा सुनकोसी गा.पा. र काभ्रेपलाञ्चोक जिल्ला, उत्तरमा त्रिपुरासुन्दरी र सुनकोसी गा.पा. र दक्षिणमा रामेछाप र काभ्रेपलाञ्चोक जिल्ला रहेको छ।

यो गाउँपालिका ७ वडा रहेको छ। यस गाउँपालिकाको वडा नं. १ मा साविक ठूलोधादिङ गाविसको १–९, वडा नं. २ मा साविक लिशंखु गाविसको १–५, ७, वडा नं. ३ मा साविक लिशंखुको ६, ८, ९, वडा नं. ४ मा साविक अत्तरपुर गाविसको १–९, वडा नं. ५ मा साविक जेठलको १–९, वडा नं. ६ मा साविक पेट्कुको १–९, वडा नं. ७ मा साविक ठूलोपाखरको १–९ समावेश गरिएको छ।

७. सुनकोसी गाउँपालिका

ठोकर्पा, कालिका, थुम्पाखर, सुनखानी, यमुनाडाँडा, पाङ्ग्रेटार गरी जम्मा १६ हजार ७ सय १३ जनसंख्या भएको सुनकोसी गाउँपालिका कायम गरिएको छ। यस गाउँपालिकाको केन्द्र साविक पांग्रेटार गाविसको कार्यालय रहेको छ भने क्षेत्रफल ७२.८४ वर्ग किमी रहेको छ।

वडा नं. ७ रहेको यस गाउँपालिकाको सिमाना पूर्वमा लिशंखु पाखर र त्रिपुरासुन्दरी गा.पा., पश्चिममा चौतारा साँगाचोक गढी न.पा., उत्तरमा बलेफी गा.पा. र दक्षिणमा लिशंखु गा.पा. र काभ्रेपलाञ्चोक जिल्ला रहेको छ।

वडा नं. १ मा साविक ठोकर्पा गाविसको १–४, वडा नं. २ मा साविक ठोकर्पा गाविसको ५–९, वडा नं. ३ मा साविक कालिका गाविसको १–९, वडा नं. ४ मा साविक यामुनाडाँडा गाविसको १–९, वडा नं. ५ मा साविक सुनखानी गाविसको १–९, वडा नं. ६ मा थुमपखर गाविसको १–९ र  वडा नं. ७ मा पांग्रेटार गाविसको १–९ समावेश गरिएको छ।

८. हेलम्बू गाउँपालिका  

हेलम्बु, किउल, पाल्चोक, महांकाल, इचोक गाविसहरु समेटेर १७ हजार ६ सय ७१ जनसंख्या भएको हेलम्बु गाउँपालिका कायम गरिएको छ।

२ सय ८७.२६ वर्ग किमी क्षेत्रफल, साविकको किउल गाविसको कार्यालय केन्द्र रहेको छ। यस गाउँपालिकाको पूर्वमा पाँचपोखरी थाङपाल गा.पा., पश्चिममा नुवाकोट र रसुवा जिल्ला, उत्तरमा पाँचपोखरी थाङपाल गा.पा. र रसुवा जिल्ला, दक्षिणमा मेलम्ची न.पा रहेको छ।

७ वडा संख्या रहेको छ। यस गाउँपालिकाको वडा नं. १ मा साविक हेलम्बु गाउँपालिकाको १–९, वडा नं. २ मा साविक किउल गाविसको १–९, वडा नं. ३ मा साविक पाल्चोक गाविसको १–९, वडा नं. ४ मा साविक महांकाल गाविसको १, २, ८, ९, वडा नं. ५ मा साविक महांकाल गाविसको ३–७, वडा नं. ६ मा साविक इचोक गाविसको १–५, वडा नं. ७ मा साविक इचोक गाविसको ६–९ समावेश रहेको छ।

९. त्रिपुरासुन्दरी गाउँपालिका

घोर्थली गाविसको वडा नं.५–९  चोकटी, धुस्कुन, तौथली, पिस्कर र टेकानपुर गाविस समावेश गरी १५ हजार ६२ जनसंख्या रहेको त्रीपुरासुन्दरी गाउँपालिका कायम गरिएको छ।

९४.२८ वर्ग किमी क्षेत्रफल रहेको छ। यस गाउँपालिकाको केन्द्र साविक पिस्कर गाविसको कार्यालय रहेको छ। पूर्वमा दोलखा जिल्ला, पश्चिममा बलेफी र सुनकोसी गा.पा., उत्तरमा बाह्रबिसे न.पा. र दक्षिणमा लिशंखु र सुनकोसी गा.पा. सिमाना रहेको छ।

६ वटा वडा संख्या रहेको यस गाउँपालिकाको वडा नं. १ मा साविकको घोर्थली गाविसको ५–९, वडा नं. २ मा साविक चोकटी गाविसको १–९, वडा नं. ३ मा साविक धुस्कुन गाविसको १–९, वडा नं. ४ मा साविक पिस्कर गाविसको १–९, वडा नं. ५ मा साविक तौथली गाविसको १–९, वडा नं. ६ मा साविक टेकानपुर गाविसको १–९ समावेश गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.