|

काठमाडौं : राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले ‘मीना’ नामको रोबोट बनाउन लागेको घोषणा गरेका छन्। उनले राष्ट्रिय आविष्कार केन्द्रमा एउटा सर्भिस रोबोटको प्रोटोटाइप निर्माण गरिने बताएका हुन्।

अमेरिकी पर्सिभिअरन्स अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गरेपछि वैज्ञानिकसमेत रहेका पुनले आफूहरुले पनि ‘मीना’ नाम गरेको रोबोट बनाउँदै गरेको सामाजिक संजालमार्फत घोषणा गरेका छन्।

‘अर्काको डाहा गरेर मात्र हुँदैन। डाहा लाग्नेले काम पनि गर्नु पर्यो नि। अमेरिकाले अर्बौ डलर खर्च गरेर बिश्वका नामुद ईन्जिनियरहरुलाई धेरै बर्षसम्म नोकरी दिएर बनाएको त्यो अमेरिकी रोबोट र राष्ट्रिय आविष्कार केन्द्रको सानो तिनो सहयोगमा हाम्रा भर्खरै ईन्जिनियर बनेका भाइहरुले बनाउन प्रयास गर्दैछन्’, उनले भनेका छन्।

आफूहरुले बनाएको रोबोट मंगल ग्रहमा नपठाउने भएकाले खिसी ट्युरी नगर्न उनले आग्रहसमेत गरेका छन्। उनले उक्त रोबोटलाई आर्टिफिसियल ईन्टेलीजेन्स प्रयोग गरेर कमर्सियल सर्भिस रोबोटहरुको रुपमा बिकास गर्ने लक्ष्य राखेको पनि जनाएका छन्। 

‘यसमा १० जना जति ईन्जिनियरहरुले ४ महिना देखी सके सम्मको दिमाग लगाउंदैछन्। यो प्रोजेक्टको लिडर अमेरिकाको टेक्सासमा काम गरिरहेका भाइ संदेश पाण्डेले गरिरहेका छन्’ पुनले लेखेका छन्।

पृथ्वीबाट उडेको करिब सात महिना पछि अमेरिकी पर्सिभिअरन्स अन्तरिक्ष यान मङलबार ग्रहको सतहमा अवतरण गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.