|
तस्बिर : दीपेन्द्र शर्मा जाजरकोट

दीपेन्द्र शर्मा

जाजरकोट : नयाँ संरचनाअनुसार जाजरकोटमा स्थानीय तहको काम गर्ने गरी ७ जना कार्यकारी अधिकृत खटाइएको छ। जिल्लामा शाखा अधिकृतस्तरका कर्मचारी नहुँदा नायब सुब्बास्तरका कर्मचारीलाई कार्यकारी प्रमुखको जिम्मेवारी तोकिएको हो।

जिल्लाको जुनीचाँदे  गाँउपालिकाका लागि साविकको  मजकोट गाँउ विकास समितिको कार्यालयबाट काम सुरु गर्ने गरी गाविस सचिव नासु कृष्णबहादुर शाह, बारेकोट गाँउपालिकाको लागि साविकको नायकवाडा गाउँ विकास समितिको कार्यालयबाट काम हुने गरी गाविस सचिव नासु तुलाराम गिरी,

शिवालय गाउँपालिकाका लागि साविकको सीमा गाउँ विकास समितिको कार्यालयबाट काम हुने गरी नासु गोमा पन्थी, छेडागाड नगरपालिकाको लागि साविकको कार्कीगाउँ गाउँ विकास समितिको कार्यालयमा रहने गरी गाविस सचिव रहेका नासु मोतिलाल खत्री, त्रिवेणी नलगाड नगरपालिकाको लागि साविकको  खगेनकोट गाउँ विकास समितिको कार्यालयमा रहने गरी गाविस सचिव  नासु नरेन्द्र सिंह, कुशे गाउँ पालिकाको लागि  साविकको ढिमे गाविस कार्यलयबाट कार्य सञ्चालन हुने गरी  गाविस सचिव

नासु मणिराम रिमाललाई कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको समन्वय समिति जाजरकोटका स्थानीय विकास अधिकारी रुद्रप्रसाद पण्डितले बताए।

भेरी नगरपालिकाको लागि  सविकको भेरीमालिका नगरपालिकाको कार्यालयबाट काम हुने गरी शाखा अधिकृत रामप्रसाद शर्मालाई कार्यकारी अधिकृत  तोकिएको छ।

कार्यकारी अधिकृतले तोकिएको गाउँ विकास समितिमा पुगेर गाउँपालिकाको र नगरपालिकाको कार्य सुचारु गर्नेछन। स्थानीय राजनीतिक दलहरुसँग समन्वय गरी गाउँपालिका र नगरपालिकाबाट प्रदान हुने सबै सेवाबारे विस्तारै स्थानीयस्तरमा जानकारी गराउँदै जाने तयारी भइरहेको  जिल्ला समन्वय समिति जाजरकोटले जनाएको छ।

जाजरकोटमा  तोकिएका गाउँपालिका र नगरपालिकाको केन्द्रहरु भौगोलिक अवस्थाअनुसार उपयुक्त नभएको भन्दै स्थानीयले विरोध जनाएका छन् । जिल्लास्थित राजनीतिक दलको सहमतिमा तोकिएको पालिकाहरुको केन्द्र मन्त्रालयले फरक गरी तोकिदिएपछि दल र स्थानीयले विरोध गरेका हुन्।

जाजरकोटको कुशे गाँउपालिकाको अर्छानीको धारापानी केन्द्र कायम गरी पठाइएकोमा ढिमेको खुर्पा तोकिएको छ। बारेकोटको लिम्सामा केन्द्र हुनुपर्नेमा नायकवाडा तोकिएको छ। त्रिवेणी नलगाड गाउँपालिकाको खगेनकोटको दल्ली हुनुपर्नेमा खगेनकोटकै मनमईमा तोकिएको छ। छेडागाड नगरपालिकाको मनघाटमा केन्द्र तोकिएकोमा कार्कीगाउँ केन्द्र तोकेर पठाइएको छ।

अधिकांश गाउँपालिकामा एक ठाउँ केन्द्र तोकिएकोमा मन्त्रालयले अर्कै ठाउँ तोकेर पठाउँदा जाजरकोटमा स्थानीयले विरोध गरेका हुन्। अपायक पर्ने ठाउँमा हचुवाको भरमा केन्द्र तोकिएकोले कामकाजमा समस्या पर्ने  नेकपा एमाले जाजरकोटका अध्यक्ष करवीर शाहीले बताए।जिल्लास्तरमा मंगलबार बसेको सर्वदलीय बैठकले केन्द्र परिवर्तनका लागि सरकारलाई अनुरोध गरिएको शाहीले  बताए। जिल्ला समन्वय समितिको कार्यालय जाजरकोट। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.