|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धिसकेका प्रचण्डलाई आफूले राजनीतिमा टिकाएको दाबी गरेका छन् । दुई-चार सिटमा खुम्चिने प्रचण्डलाई आफूले पार्टी एकतामार्फत बलियो बनाएको ओलीको दाबी छ ।

'सिद्धिसकेका प्रचण्डलाई मैले एउटा जुरो हालिदिएको थेँ, ठूलै जुरो भएपछि अलिकति सिङ हालिदिएँ । लामा सिङ भएपछि हामीलाई नै सिध्याउँछु भनेर लाग्नुभो, विराटनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, 'अब उहाँको नियति असफलताबाहेक केही छैन । अझै पनि तपाइ फर्किन चाहनुहुन्छ भने आउनुस् नेपाली जनताको सागरमा मिसिनुस्, मिसिनुहुन्न भने भीरबाट लड्नेलाई काँध हाल्न सक्दैनौं राम भन्ने हो ।’

प्रचण्ड अब फर्किने बाटोमा नभएर खिइँदै गएर सिद्धिने बाटोमा लागेको ओलीको दाबी छ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.