|

झापा : प्रतिनिधिसभा विघटनपश्चात् पहिलो पटक प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा आउन लागेका छन्। प्रधानमन्त्री ओली आफ्नो निर्वाचन क्षेत्रका विभिन्न योजनाहरूको शिलान्यास र उद्घाटन गर्न यही फागुन १६ गते आइतबार गृह जिल्ला झापा आउन लागेका हुन्।

प्रधानमन्त्री ओली आउन लागेपछि झापा क्षेत्र नम्बर ५ मा हुने कार्यक्रमको तयारीमा उनका कार्यकर्ता अहिलेदेखि नै जुटेका छन्।

प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा हेरिएको दमक, कमल, गौरादहमा निर्माण हुन लागेको चाइना नेपाल फ्रेण्डसिप इण्डट्रियल पार्क (औद्योगिक पार्क) को शिलान्यास, दमक नगरपालिका १ बाट चुलाचुली जोड्ने रतुवा खोलाको पुल उद्घाटन, मदन भण्डारी लोक मार्ग अन्तरगत सुनसरीको चतारादेखि झापाको बाहुनडाँगीसम्मका खोलाहरूमा निर्माण हुने अन्दाजी तीन दर्जन पुलको दमकस्थित बेलडाँगी रतुवा खोलाबाट संयुक्त रुपमा शिलान्यास गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका निजी सचिवालयका सदस्य होमबहादुर थापाले जानकारी दिए।

त्यस्तै दमक १० स्थित नलवारी जोड्ने मावा खोलाको पुल र सेतुमारीस्थित रतुवा खोलामा निर्माण भएको गौरादहको बालुवथान जोडने पुलको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए। प्रधानमन्त्री ओली आफ्नो निर्वाचन क्षेत्रका कार्यक्रम सकिएर सोही दिन काठमाडौँ फर्किने जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.