|

अवे गोलमा पछि पर्दै म्यान्चेस्टर सिटी च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको राउण्ड अफ सिक्स्टिनमै रोकिएको छ।

घरेलु मैदानमा भएको पहिलो लेग ५-३ ले जितेको सिटी दोस्रो लेगमा ३-१ ले पराजित भयो। समग्रमा ६-६ को बराबरी भए पनि विपक्षीको मैदानमा बढी गोल हानेको आधारमा मोनाको क्वार्टर फाइनलमा प्रवेश गरेको हो।  

यस्तै अर्को खेलमा बायर लेभरकुसनसँग बराबरी खेलेको एथ्लेटिको मड्रिड पनि प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। समग्रमा ४-२ को अग्रतासहित एथ्लेटिकोले शीर्ष ८ मा स्थान बनाएको हो।

यससँगै प्रतियोगिताको क्वार्टर फाइनल पुग्ने ८ वटै टोलीको टुंगो लागेको छ। एथ्लेटिको र मोनाकोका अलावा बार्सिलोना, बार्यन म्युनिख, रियल मड्रिड, युभेन्टस, बोरुसिया डर्टमुण्ड र लेस्टर सिटी क्वार्टर फाइनल पुगेका छन्।

क्वार्टर फाइनल ड्र शुक्रबार सार्वजनिक हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.