धनगढी : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले संविधान र लोकतन्त्रलाई सर्वोपरी राखेर मात्रै पार्टीले संसदीय प्रक्रियामा सहभागिताका बारेमा निर्णय गर्ने बताएका छन्।
नेपाल प्रेस युनियन कैलालीले आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा साउदले व्यक्तिगत रुपमा कांग्रेसले कसैसँग सहकार्य नगर्ने बताए।
‘व्यक्तिगत रुपमा हामी ओली, प्रचण्ड कसैसँग सहकार्य गर्दैनौं। उहाँहरुको पार्टी विभाजन हुने हो भने नीति, कार्यक्रम र योजना भएको पार्टीसँग हाम्रो सहमति हुन्छ’ साउदले भने,‘कांग्रेसले मुलुकको संविधान, प्रजातन्त्र सर्वोपरी राखेरमात्रै निर्णय गर्छ।’
अहिले कांगे्रस सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का गतिविधिहरु नियालिरहेको भन्दै साउदले नेकपाका दुवै पक्षबाट पटक–पटक सत्ता साझेदारीको प्रस्ताव आए पनि कांगे्रसका लागि प्रधानमन्त्री पद महत्वपूर्ण नभएको स्पस्टपारे।
उनले नेकपाको विवाद टुंगो नलाग्दासम्म कांग्रेस सरकारमा नजाने र एक समूहसँग नजिक तथा अर्को समूहसँग टाढा नहुने पनि बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।