|

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक प्रलोभनमा नपरि जिम्मेवारी निर्वाह गर्ने एक प्रहरी निरीक्षकसहित १८ जना ट्राफिक प्रहरीलाई एक कार्यक्रमबीच सम्मान गरेको छ ।

सम्मानित हुनेमध्ये ६ जनालाई नगदसहित वृद्धि विकासमा समेत सहयोग हुनेगरी अभिलेखमा जनिने गरी पुरस्कृत गरिएको छ। यसरी पुरस्कृत हुनेहरुमा प्रहरी हवल्दार शम्भु विश्वकर्मा, प्रहरी जवानहरु अनिल महर, महेशराज पनेरु, रमेश सिंह बुडाल, बिन्दा थापा र राम अवतार राम छन्।

महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले नेपाल प्रहरी संगठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न र ट्राफिक नियम उल्लंघन गर्ने कुनै पनि चालकको प्रलोभनमा नपर्न नियमित ब्रिफिङ एव निर्देशन दिँदै आएको बताए।

उनले घुस दिन खोज्ने ९४ जना चालकहरुलाई पक्राउ गरी कारबाही गरेको जानकारी दिए।

'ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूले कारबाहीबाट बच्न र कारवाही पश्चात हुने प्रक्रिया झन्झटिलो मानेर ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दछन्, प्रलोभनमा नपरी त्यस्ता चालकहरुलाई कारबाहीको दायरामा ल्याई आफ्नो जिम्मेवारीलाई पूर्णरूपमा निर्वाह गरी संगठनको छवि उच्च राख्ने ट्राफिक प्रहरीलाई सम्मान एव पुरस्कृत गरिएको हो', उनले भने।

यो आवमा मात्रै आर्थिक प्रलोभनमा पार्न खोज्ने ९४ जना चालकहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने ६५ जना प्रहरी कर्मचारीलाई पुरस्कार एव प्रशंसा पत्रद्वारा सम्मान गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.