|

काठमाडौं : सगरमाथाको देश नेपाल पर्यटनका लागि राम्रो गन्तव्य मानिन्छ। तर भूकम्पपछि नेपाल भ्रमणमा आउने पर्यटकहरुको संख्यामा कम भएको छ। 

यसरी प्नाकृतिक विपत्तिका कारण असुरक्षित महसुस गर्दै नेपाल आउन नचाहने पर्यटकलाई लक्षित गरेर जापानी नागरिक मिजुतानी कोजीले ‘मेरी नेपाल’ अभियान सुरु गरेका छन्। उनले स्थापना गरेको ‘मेरी नेपाल’ प्रोजेक्ट मार्फत यो अभियान अघि बढ्नेछ। 

‘भूकम्पपछि नेपाल भ्रमणमा आउन विदेशी नागरिक डराइरहेका छन, नेपाल सुरक्षित छैन, नेपाली सुरक्षित छैनन भन्‍ने मान्यता उनीहरुमा रहेकै कारण नेपालमा आउन हच्किएका हुन,' अभियानबारे उनले भने, उनीहरुलाई नेपाल सुरक्षित छ, नेपाली खुसी छन, तिमीहरु नेपाल भ्रमणमा आउनु पर्छ भन्‍ने सन्देश दिन ‘मेरी नेपाल’ अभियान थालिएको हो।’ 

नेपाल र नेपाली खुसी छन् भन्‍ने सन्देश दिएर  बढाउनका लागि अभियान थालिएको कोजीले बताए। ‘हँसिलो मुहार भविष्यको आशा हो, नेपालको भविष्य राम्रो छ, भूकम्पको पीडालाई पराजित गर्दै नेपाली खुसी छन, उनीहरु विकासको बाटोमा छन भन्‍ने मेरी नेपाल अभियानको मुख्य सन्देश हो,’उनी भन्छन्। 

यही सन्देश फैलाउन जिसीआइ फाउेण्डेशनको संयोजन र प्रेस चौतारी नेपालको आयोजनामा बिहीबार काठमाडौंको बौद्धस्थित बौद्धनाथ स्तुपामा विशेष कार्यक्रमसहित 'मेरी नेपाल' अभियान गरिएको छ। 

अभियानअन्तर्गत भूकम्पपछि भर्खरै पुनर्निर्माण भएको यस स्तुपामा मुस्कानसहितको फोटो खिचियो।  यस फोटोलाई युरोप, अमेरिका लगायतका ३० राष्ट्रमा प्रदर्शन गरिने अभियन्ता कोजीले बताए।

आइजिसी फाउण्डेशनका संयोजक गणेशमान लामाले नेपालमा विदेशी पर्यटक भित्र्याउन अभियान निकै महत्वपुर्ण रहेको बताए। ‘सुरक्षित नेपाल, खुसी नेपाली भन्‍ने सन्देश दिई सम्बन्धित मुलुकमै पुगेर नेपाल भ्रमण गर्न प्रेरित गर्नका लागि अभियान थालिएको हो,’लामाले भने।

आयोजक संस्था प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले पुनर्निर्माण सम्पन्न बौद्धनाथ स्तुपामा ५० जना पत्रकारले मुस्कानसहित सामुहिक तस्विर खिचाएर नेपाल सुरक्षित छ भन्‍ने सन्देश दिएको बताए। मुस्कानसहितको फोटो खिचाउने अभियानमा प्रेस चौतारी नेपालका अध्यक्ष बस्‍नेतसहित, वरिष्ठ उपाध्यक्ष माधव नेपाल, महासचिव राजेश राई, नेपाल पत्रकार महासंघका महासचिव उजिर मगर लगायत ५०  भन्दा बढी पत्रकार सहभागी थिए। 

कोजीका अनुसार बौद्धनाथ स्तुपामा खिचिएको मुस्कानसहितको फोटो ह्याप्पी टोकियामा प्रदर्शनी गर्दै जापानमा रहेका सबै विदेशीलाई नेपाल भ्रमणको निम्तो दिइनेछ। त्यसपछि युरोप, अमेरिकालगायत ३० मुलुकमा प्रदर्शनी गरी नेपाल भ्रमणका लागि आह्वान गरिनेछ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.