|

धनगढी : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीेका केन्द्रीय सदस्य तथा सेती महाकाली पूर्व-इन्चार्ज ओमप्रकाश पुनसहितका नेता रिहा भएका छन्। 

कैलाली कारागारमा राखिएका पुन र सेती महाकाली ब्यूरो सदस्य विवेक कुमाल रिहा भएका हुन्। सरकार र नेकपाबीच तीन बुँदे सहमति भएसँगै उनीहरुलाई रिहा गरिएको हो।

शुक्रबार सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच राष्ट्रिय सभागृहमा ३ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ। 

हस्ताक्षर कार्यक्रममा नेपाल सरकार र विप्लव नेतृत्वको नेकपा पार्टीका वार्ता टोली सदस्यहरुले ३ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

सरकार र विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीबीच देशको राजनीतिक समस्याहरु वार्तामार्फत समाधान खोज्ने, नेकपाले राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध हटाई कारागारमा भएका नेता कार्यकर्ताको रिहाइ गर्ने सहमति भएको छ।

हस्ताक्षर कार्यक्रममा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललगायत सरकारका मन्त्रीहरुको उपस्थिति थियो। सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराईको संयोजकत्वमा वार्ता टोली बनाएको थियो। विप्लव समूहले खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदयबहादुर चलाउने दीपक सम्मिलित वार्ता टोली बनाएको थियो।

दुवैतर्फका वार्ता टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता गरी बिहीबार सहमति गरेका थिए। सोही सहमतिलाई शुक्रबार विशेष समारोहका बीच हस्ताक्षरसहित सार्वजनिक गरिएको हो।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.