|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले निर्वाचन आयोगलाई पुनः पत्र बुझाएको छ। केन्द्रीय कमिटीको निर्णयअनुसार आधिकारिकता दाबी गर्दै यो समूहले तत्काल विवाद समाधान गर्न आग्रह गरेको हो।  

यो समूहका नेताहरु लीलामणि पोखरेल, कृष्णभक्त पोखरेल राजेन्द्र पाण्डे र रामनारायण बिडारी आयोगमा पुगेर पत्र बुझाएका हुन्। पत्रमा आफ्नो पक्षले  विधानअनुसार पूर्ण रुपमा आधिकारिकता दाबी गरेको बताउँदै तत्कालै विवाद समाधान गर्न आग्रह गरेका छन्। 

पार्टीको बहुमत केन्द्रीय सदस्यको उपस्थितिमा केपी शर्मा ओलीलगायत नेताहरुलाई कारबाही गरेको समेत जानकारी गराएको छ। यो समूहको केन्द्रीय कमिटीको बैठकले सात जनालाई कारबाही गरेको थियो। 

उनीहरुले आयोगमा बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर र नागरिकता प्रमाणपत्रको प्रतिलिपिसहित आफ्नो पक्ष आधिकारिक नेकपा भएका दाबी गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.