|

 

आज मलाई कस्तो कस्तो निराश लाग्या' छ

रोदी, घाटु, मारुनी हराउनु विनाश लाग्या' छ

 

दशैँ, तिहार, तिज क्षेत्री–बाहुनका पर्व रे!

क्रिसमस र भ्यालेन्टाइन डे खास लाग्या' छ

 

चौबन्दी चोली, फरिया, दौरा–सुरुवाल हराए

स्कट र टाई–सुटमा सजिनु झकास लाग्या' छ

 

साग, सिस्नो, गुन्द्रुक, ढिँडो खाने खरिगाठे हुन्

फास्टफुड, बरगर, पिजामा नै मीठास लाग्या' छ

 

गरे देशमै सुन फल्छ यहाँका कन्दरामा

तर सपना सजाउने डीभीको आश लाग्या' छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.