|
फोटो : म्यानचेस्टर युनाइटेडका स्टार ज्याटलान इब्राभोमिच

लन्डन : च्याम्पियन्स लिगपछिको दोस्रो ठुलो युरोपेली क्लब फुटबल प्रतियोगिता युरोपा लिगको क्वाटरफाइनल ड्र सार्वजनिक भएको छ। क्वाटरफाइनलमा उपाधिको दाबेदार मानिएको म्यानचेस्टर युनाइटेडले एन्डरलेक्टसित प्रतिस्पर्धा गर्नेछ।

त्यस्तै फ्रान्सको लियोनले बेसिकटस् तथा नेदरल्यान्डस्को एजेक्सले जर्मनीको साल्केसँग प्रतिस्पर्धा गर्नेछ। स्पेनिस टिम सेल्टा भिगोले क्वाटरफाइनलमा बेल्जियमको जिन्कलाई प्रतिस्पर्धीका रुपमा पाएको छ।

युरोपा लिगको पहिलो लेगका खेलहरु १३ अप्रिल बिहीबार हुनेछन्। त्यस्तै दोस्रो लेगका खेलहरु एक सातापछि हुनेछन्।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.