|

  • पेमा लामा

काभ्रे : पार्टी एकताको दुई महिना नबित्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काभ्रेमा समानान्तर जिल्ला कमिटी गठन भएको छ। निर्वाचित जिल्ला समितिबाट विद्रोह गर्दै बहुमत सदस्यले टुल्कु लामालाई अध्यक्ष घोषण गरेका हुन्।

लामा तत्कालीन पशुपति शमशेर राणा नेतृत्वको राप्रपाका जिल्ला उपाध्यक्ष थिए। अध्यक्ष रेशम लामा केन्द्रीय सदस्य पदमा निर्वाचित भएपछि सो पद स्वत: रिक्त भएको असन्तुष्ट पक्षको जिकिर छ।

राप्रपाको विधानमा माथिल्लो पदमा उम्मेदवारी दिए साबिकको पद स्वतः खारेज हुने व्यवस्था भए पनि रेशम लामाले अध्यक्ष पद नछाडेपछि विद्रोह गर्नु परेको लामाले बताए।

अध्यक्षमा सर्वसम्मत हुन रेशम लामाले टुल्कु लामालाई उपाध्यक्ष र धनजीत लामालाई सचिव बनाउन लिखित सहमति गरेका थिए। सहमति विपरीत अध्यक्ष रेशम लामाले फागुन ७ गते उपाध्यक्षमा आरजुकुमार केसी, सचिवमा राजेन्द्र केसी, कोषाध्यक्ष पशुपति कुमार शाह र सह–सचिवमा धनजीत लामालाई मनोनित गरेका थिए।

५० सदस्यीय कार्यसमितिमा ३४ जना आफ्नो पक्षमा रहेको टुल्कुले दाबी गरेका छन्। ४ वटा निर्वाचन क्षेत्रमध्ये १ का केशव लामा, २ का चन्द्रबहादुर खड्का, ३ का गोपाल सेढाईंले पनि टुल्कुलाई समर्थन गरेका छन्। 

विद्रोहपछि अध्यक्ष कमल थापा निकट मानिने निर्वाचित जिल्ला अध्यक्ष रेशम लामा समूहले शनिबार छुट्टै बैठक बोलाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.