|

कालिकोट : कर्णाली अञ्चलको कालिकोट जिल्लामा पहिलो पटक सानिमा बैंकले एटिएम सेवा सञ्चालन गरेको छ। कर्णाली अञ्चलका कुनै पनि जिल्लामा कुनै बैंकले पनि एटिएम सेवा उपलब्ध गराउन नसकिरहेको बेला सानिमा बैंकले यो सेवा सुरु गरेको हो।

६ फागुनमा सानिमा बैंकले कालिकोटमा आफ्नो ४४ औं शाखा विस्तार गरेको थियो भने शाखा सञ्चालनमा आएको एक महिना नबित्दै एटिएम सेवा सञ्चालन गरेको छ।

बैंकको शाखा स्थापना गर्दा यहाँका कुनै पनि बैकहरुले एटिएम सेवा सञ्चालन नगरेको भन्दै सेवाग्राहीहरुले दिएको सुझावका आधारमा उनीहरुको चाहनाअनुसार तत्काल एटिएम सेवा सञ्चालन गरिएको प्रबन्धक निर्देशक मनीषमान श्रेष्ठले बताए।

 ‘स्थापना भएको एक महिना नबित्दै झन्डै २ सय ६४ जना सेवाग्राहीहरुले खाता सञ्चालन गरिसकेका, जसमा १ सय जनाले एटिएम सेवा प्राप्त गरिसकेका छन् ।’ उनले भने, ‘सानिमा बैंकले सजिलै चोरी गर्न नसकिने, नयाँ प्रविधि तथा अति सुरक्षित चिप वेस भिजा डेबिड कार्ड वितरण गरेको छ।’

बैंकले २४ सै घण्टा एटिएम सेवा दिने गरी तयारी गरिएको तथा बत्ती नभएको समयमा मेसिनलाई धान्न सक्ने गरी सोलार सिस्टमको पनि व्यवस्था गरिएको बैंकका कर्जा प्रबन्धक रोहन विष्टले बताए।

‘मेसिनमा कुनै खराबी आए तत्काल मर्मतका लागि पनि व्यवस्था भएकाले छिटो छरितो सेवाका लागि सबै सेवाग्राहीहरुको आकर्षण हुनेछ ।’ उनले भने, ‘कर्णाली अञ्चलका कुनै पनि जिल्लामा बैंकका शाखाहरुले एटिएम सेवा दिएका छैनन्। हामीले कर्णालीमा पहलिो पटक यो सेवा दिएका हौं।’

पहिलो पटक एटिएमद्वारा खातामा रहेको पैसा झिक्न पाँउदा निकै खुसी लागेको विगतका दिनहरुमा बैकमा चेक साट्नका लागि धेरै सेवाग्राहीहरुको लाइन कुर्नुपर्ने बाध्यता स्थानीय व्यापारी मनसरा न्यौपाने बरालले बताइन् । ‘अब चेक साट्नका लागि लाइन कुर्नुपर्ने समस्या हटेको छ।’ उनले भनिन्, ‘व्यापारीहरुलाई बैकिङ कारोबार सजिलो भएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.