|

दमक : लिम्बुवान आन्दोलनका अग्रज नेता कमल छाराहाङ्गको निधन भएको छ। उनको आज विराटनगरस्थित नोवेल मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो।

लामो समय देखि लिम्बुवान राजनीतिमा सक्रिय छाराहाङ्गले केही महिनाअघि झापाको दमकमा लिम्बुवान मोक्ति मोर्चा (संघीयवादी) पार्टी घोषणा गरेका थिए। उनी यसअघि संघीय लिम्बुवान पार्टी नेपालका सर्वोच नेता थिए।

दमकमा भएको पहिलो एकताको महाधिवेशनबाट पार्टीमा व्यक्तिवादी सोचको हाबी भएको भन्दै पार्टीबाट राजिनामा दिई अर्को पार्टी घोषणा गरेका थिए। उनी आठपहरिया समाजको अध्यक्ष समेत हुन्। उनी लामो समय देखि दम बढ्ने समस्याबाट पीडित थिए।

आठपहरिया समाजको बैठकका लागि आज धनकुटा हिडेंका उनलाई एकासी बाडुली लाग्ने र दम बढ्ने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको आठपहरिया समाजका महासचिव सूर्य आठपहरीयाले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.