स्टोक सिटीलाई २–१ ले हराउँदै चेल्सीले इंग्लिस प्रिमियर लिगको उपाधि यात्रा बलियो बनाएको छ। १० खेलाडीमा सीमित भएको स्टोक सिटीलाई पाखा लगाउँदै चेल्सीले लिगमा १३ अंकको अग्रता कायम गरेको छ।
चेल्सीको जितमा विलियन र ग्यारी काहिलले गोल गरे । जोन वाल्टर्सले स्टोकका लागि गोल गरे पनि जितका लागि पर्याप्त भएन। दोहोरो पहेँलो कार्ड पाएपछि फिल ब्राडस्ली मैदानबाट बाहिरिए।
जितसंगै शीर्ष स्थानको चेल्सीको २८ खेलबाट ६९ अंक पुगेको छ। एक खेल कम खेलेको टोटनह्याम ५६ अंकसहित लिगको दोस्रो स्थानमा छ। स्टोक भने ३६ अंकसहित अंक तालिकाको नवौं स्थानमा छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।