|

कालिकोट : वन डढेलो नियन्त्रणका लागि जिल्ला वन कार्यालयले गाउँगाउँमा अभियान संचालन गर्ने भएको छ। कालिकोटमा वनमा आगो लाग्ने क्रम तीब्र भएका कारण वन डढेलो नियन्त्रण अभियान संचालन गरिने जिल्ला वन कार्यालयले जनाएको छ।

जिल्ला वन कार्यालय कालिकोटको अगुवाइमा इलाका वन कार्यालय र सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा गाउँगाउँमा अभियान संचालन गर्न लागिएको जिल्ला वन अधिकृत आँचलप्रसाद ढुङ्गानाले बताए। ‘वनमा लाग्ने डढेलो नियन्त्रणका लागि जिल्लाव्यापी अभियान थालेको छौँ’, उनले भने, ‘वन डढेलोका कारण बर्सेनि जिल्लाको वन क्षेत्र नोक्सान हुँदै आइरहेकाले त्यसलाई नियन्त्रण गर्न जिल्लाव्यापी अभियान थालिएको हो।’

वन डढेलो नियन्त्रणका लागि सामुदायिक वन समूहमा सचेतनामूलक कार्यक्रम, वन क्षेत्रमा अग्निरेखा निर्णाण र मर्मत कार्य, वन डढेलो नियन्त्रणका लागि उपभोक्ता तहमा सञ्जाल निर्माण गर्नेलगायतका काम थालिएको जिल्ला वन कार्यालयका प्रमुख ढुङ्गानाले बताए। ‘वन डढेलो रोकथाम अभियानमा सहभागी हुनका लागि १५ हजार बढी सन्देशमूलक सूचना दिनेछौँ’, उनले भने, ‘वन डढेलो नियन्त्रणका लागि थालिएको अभियान प्रभावकारी रूपमा अघि बढाइनेछ।’ उनका अनुसार वन समूहको कार्ययोजना परिमार्जनका लागि थालिएको कार्यलाई प्रभावकारी बनाउन खबरदारी गर्ने, वन पैदावारको चोरी तस्करी नियन्त्रणका लागि पहल गर्ने काम पनि सँगसँगै हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.