|

हुम्ला : खार्पुनाथ गाउँपालिका–१ गोप्कागाउँका एक किशोर १० दिनदेखि बेपत्ता भएका छन्। चैत १ देखि १४ वर्षीय राजु विक सुर्खेतको रंगशालाबाट बेपत्ता भएका हुन्।

केही दिनअगाडि हुम्लाबाट मोबाइल मर्मत तालिम सिक्न सुर्खेत पुगेका उनी १० दिनदेखि सम्पर्कमा नआएको उनका दाजु राजेन्द्र विकले बताए। सुर्खेतमा प्रत्येक महिनाको १ र १५ गते लाग्ने मेला हेर्न १ गते सुर्खेत रंगशाला पुगेका विक त्यस दिनदेखि घर फिर्ता नभएको उनका दाजुको भनाइ छ।

१० दिनसम्म खोजी गरेको भए पनि कोही कसैको सम्पर्कमा नआएको राजेन्द्रले बताए। हराएका भाइको खोजी गरिदिन प्रहरी कार्यालय सुर्खेतमा शनिबार निवेदन दिएको विकले जानकारी दिए। सुर्खेत पुगेका राजुले मोबाइल तालिमसँगै संगीत सिकिरहेका थिए। उनको मोबाइल फोनको स्वीच अफ छ। उनी सुर्खेतको कालिञ्चोकमा डेरा लिएर बस्दै आएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.