|
फोटो : www.clickbio.net

मलेसिया : गैर आवासीय नेपाली व्यवसायीले अहिले सहज भएको बताएका छन्। लगानी गर्न कानुनी र प्रकियागत झण्झट रहेको बताउँदै उनीहरुले सहज भएको बताएका हुन्। एसिया प्यासिफिक गैरआवासीय नेपालीको पाँचौ सम्मेलनमा गैर आवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष शेष घलेले नेपालमा लगानी गर्दा सम्पत्तिको सुरक्षा र नाफा वृद्धिमा सहयोग पुग्ने बताए। उनले नेपालमा लगानी गर्दाका फाइदालाई तीन बुँदामा प्रस्तुत गरे।

१. सम्पत्ति सुरक्षा

संघका अध्यक्ष घलेले नेपालमा सम्पत्ति सुरक्षा सम्बन्धी कानुन राम्रो भएको बताए। उनले सम्पत्ति सुरक्षामा नेपाल अव्वल राष्ट्रको रुपमा पर्ने बताए। 'नेपालको प्रोपर्टी राइटको कानुन अत्यन्तै राम्रो छ, यस्तो व्यवस्था कम देशहरुमा मात्रै छ जस्तो लाग्छ' घलेले भने। उनले यसको फाइदा उठाउनका लागि समेत लगानीकर्तालाई आग्रह गरेका छन्।

२. सस्तो श्रम मूल्य

सस्तो श्रम मूल्य पनि नेपालमा लगानीकर्ताका लागि महत्वपूर्ण पक्षको रुपमा रहेको अध्यक्ष घलेले बताए। उनले विश्वका धेरै राष्ट्रहरुमा श्रमिकको ज्याला महंगो हुँदै गएको बताउँदै अन्य राष्ट्रमा गएका नेपालीलाई फर्काएर काम लगाउदा पनि सस्तो पर्न जाने बताए। उनले सस्तो श्रम मूल्यले उत्पादन र प्रतिस्पर्धामा समेत प्राभाव पार्ने बताए।

३ थोरै कर

कर कानुन र प्रणाली समेत नेपालमा सहज रहेको गैर आवासीय नेपालीहरुको भनाइ छ। विकसित राष्ट्रमा लगानी गर्दा धेरै कर तिर्नुपर्ने भएको कारण पनि नेपालमा लगानी गर्दा नाफा बढी कमाउन सकिने गैर आवासीय नेपालीहरुको छ।

आइतबार मलेसियामा भएको एशिया प्यासिफिस क्षेत्रका देशमा रहेका गैर आवासीय नेपालीहरुको सम्मेलनमा परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत र गभर्नर डा चिरञ्जीवी नेपालले नेपालमा लगानी ल्याउन गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका थिए। गैर आवासीय नेपालीहरुले सामुहिक लगानी भित्र्याउन पहल गरेको बताएका छन्।

एनआरएनए मलेसियाका उपाध्यक्ष रमेश तिवारीले एनआरएनएको सामूहिक लगानी भित्र्याउन पहल गरेको बताए। ' ठूला व्यवसायीहरुले एकमुष्ट लगानी गरेपनि साना व्यववसायीको तर्फबाट समेत थोरै थोरै भएपनि लगानी गर्न सामूहिक लगानी गर्ने प्रयास गरिएको हो' उनले भने।

के हो समस्या?

सस्तो श्रम मुल्य नेपालमा लगानी गर्दाको फाइदाका रुपमा लिएका एनआरएनहरुले दक्ष श्रम शक्ति नहुनुलाई भने लगानीको बाधकको रुपमा लिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.