|

काभ्रे : नेपाली सेना र अमेरिकी सेनाको सह-आयोजनामा सोमबारदेखि नेपालमा संयुक्त सैन्य अभ्यास हुँदैछ। 'शान्ति प्रयास -३' नाम दिएर काभ्रेको पाँचखालमा सुरु हुन लागेको अभ्यासको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ।

२१ गतेसम्म चल्ने सैन्य अभ्यासमा नेपालसहित विभिन्न २८ देशका झण्डै १ हजार २४ जना सैनिकले सहभागिता जनाउने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। अभ्यासको प्रमुख लक्ष्य शान्ति स्थापना कार्यको लागि मिसन इलाकामा तैनाथ हुनु पूर्व संयुक्त राष्ट्रसंघको बहुराष्ट्रिय वातावरणमा एक-आपसमा सहकार्य गर्ने र शान्ति स्थापना गर्ने कार्य क्षमतामा अभिवृद्धि ल्याउनु रहेको नेपाली सेनाले जनाएको छ।

यस प्रकारको बहुराष्ट्रिय सेना सम्मिलित अभ्यासबाट छिमेकी मित्रराष्ट्रहरु बीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् बृहत्तर पार्न मद्दत पुग्नुको साथै विश्व शान्ति स्थापना कार्यको लागि समेत थप मद्दत पुग्ने विश्वास लिइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.