|

इलाम : बाटो खन्नेक्रममा स्काभेटरले अप्टिकल फाइबरको तार चुँडाएपछि पूर्वी नेपालमा नेपाल टेलिकमको सम्पूर्ण सेवा अवरुद्ध प्रभावित भएको छ।

मंगलबार बिहान बाटो खन्ने क्रममा स्काभेटरले बर्दिबासमा अप्टिकल फाइबरको तार चुँडाएको हो। नेपाल टेलिकमका वरिष्ठ सहायक गोपाल दुलालले बर्दिबासमा तार चुँडिएकाले पूर्वी नेपालमा सेवा अवरुद्ध भएको पुष्टि गरे।

मर्मत कार्य चलिरहेको भन्दै उनले दुई/तीन घण्टामा सेवा सुचारु हुनसक्ने जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.