|

नयाँ दिल्ली/एजेन्सी : उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले मंगलबार लोकसभामा सांसदका रुपमा दिएको आफ्नो अन्तिम भाषणका क्रममा हल्काफुल्का अनुमानमा केही यस्ता कुरा गरे, जसलाई लिएर सदनमा निकै ठूलो हाँसो गुञ्जियो। भाषणका क्रममा उनले त्यस समयको याद गरे, जब उनी पहिलो पटक गोरखपुरबाट सांसद निर्वाचित भएर आएका थिए। योगीले भने कि त्यस समय उनी धेरै पातला थिए, जसमाथि लोकसभाका सभामुख सुमित्रा महाजनले पनि खिसी गरिन्। योगीले कांग्रेस उपाध्यक्ष राहुल गान्धी र एसपी अध्यक्ष अखिलेश यादवको उमेरलाई लिएर पनि बोले, जसमा भाजपा सांसदले खुब ताली बजाए।
भाषणका क्रममा योगीले भने, ‘पहिलो पटक सन् १९९८ मा जब म यस सदनमा चुनिएर आएको थिएँ, त्यस समय म मात्र २६ वर्षको थिएँ, म धेरै पातलो थिएँ।’ योगीले भने कि लोकसभा सभामुखले बीचमै भनिन्, ‘अझै पनि कुनै मोटो देखिँदैन, त्यस्तो वजन बढेको छैन।’ योगी पातलो भएको कुरा सुनेर जुन सांसद पहिला मुस्कुराइरहेका थिए, उनीहरु सुमित्रा महाजनको कुरा सुनेर पुनः ताली ठोक्न थाले, स्वयं योगी पनि हाँसे।

यस हलुका माहोलमा योगीले आफ्ना कुरा जारी राखे। उनले भने, ‘त्यस समय गोरखपुरको स्थिति यस्तो थियो कि जब म केन्द्रीय उर्वरक तथा रसायनमन्त्री सुरजीत सिंहका साथ गोरखपुर खाद्य कारखानाका बारेमा कुरा गर्न गएको थिएँ, उनले मलाई आधा घण्टासम्म हेरिरहे। उनले सोधे कि तपाईँ गोरखपुरबाट चुनिएर आउनुभएको हो? उनले फेरि सोधे, गोरखपुरबाटै हो? मैले भनेँ कि सरदारजी तपाईँ यस्तो किन सोधिरहनुभएको छ? तब उनले एक पटक म चुनावी सभाका लागि गोरखपुर गएको थिएँ। त्यहाँ दुवैतर्फबाट बमबारी भयो र म त्यहाँबाट भागेँ अनि फेरि कहिल्यै गोरखपुर गएको छैन।’
योगी त्यस समय गोरखपुरको छवि यस्तो रहेको बताए। उनले भने, ‘आफ्नो सहर र जिल्लाका बारेमा यस्तो सुनेर निकै चोट प¥यो कि किन मानिस हाम्रो जिल्लाका बारेमा यस्ता प्रकरका कुरा गर्छन्?’
योगीले आफ्नो भाषणका क्रममा राहुल गान्धी र अखिलेश यादवको उमेरबारे बोल्दै रमाइलो कुरा गरे। कांग्रेस नेता मल्लिकार्जुन खड्गेतर्फ हेर्दै उनले भने, ‘मानिस मेरो उमेरका बारेमा भन्न सक्छन्। म आदरणीय राहुलजी भन्दा एक वर्ष कान्छो छु। खड्गेजी, राहुलजी यस सदनमा हुनुहुन्न। अखिलेश यादव भन्दा एक वर्ष जेठो छु। दुवैको जोडीबीच म जो आएँ, मलाई लाग्छ कि यो यहाँहरुको विफलताको एउटा ठूलो कारण हुनसक्छ।’ आदित्यनाथको यस टिप्पणीमाथि कांग्रेस नेता मल्लिकार्जुन खड्गे भड्किए। उनले भने, ‘तपाईँ एक पटक अधिकारमा आउनुभयो, मुख्यमन्त्री बन्नुभयो, तपाईँलाई बधाई दिन्छु। तपाईँ आफ्नो स्तरलाई कायम राख्नुस्, गरिमा राखेर अगाडि बढ्नोस्।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.