|
Photo : AFP

अमेरिकाकी राष्ट्रपतिका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको विरोधमा १ सय भन्दा बढी महिलाले नग्न प्रदर्शन गरेका छन्। 

अमेरिकाको क्लेभल्याण्डमा गरिएको प्रदर्शनमा नग्न महिलाले ऐनासहित प्रदर्शन गरेका थिए। ट्रम्पलाई राष्ट्रपतिका उम्मेदवार बनाउन नहुने माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले ट्रम्प ह्वाइट हाउसमा पस्नका लागि उपयुक्त नभएको दावी गरेका छन्। 

उनीहरूले रिपब्लिकन पार्टीको नेसनल कन्भेन्सन हुनुअघि यस्तो प्रदर्शन गरेका हुन्। डोनाल्ड ट्रम्पलाई राष्ट्रपतिको उम्मेदवार नबनाउन दबाव दिने उद्देश्यले प्रदर्शन गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

ट्रम्प राष्ट्रपति भए देश विखण्डनतर्फ जाने उनीहरूको भनाई छ। ट्रम्पले मुस्लिमहरूलाई अमेरिकामा पस्न नदिने र मेक्सिकोको सीमामा पर्खाल लगाउने जस्ता अभिव्यक्तिका कारण उनी राष्ट्रपति भएको खण्डमा देशलाई थप संकटमा पार्ने प्रदर्शनकारीको भनाई छ।  

महिलाहरूले उक्त प्रदर्शन एक नीजि सम्पत्तिभित्र गरेका हुन्। अमेरिकामा सार्वजनिक स्थानमा यस्ता प्रदर्शन गर्न प्रतिबन्ध छ। तर, उनीहरूले नीजि सम्पतिभित्र रहेर प्रदर्शन गरेकाले प्रहरी पनि मुकदर्शक बन्न बाध्य भएको थियो। 

प्रदर्शनको तस्विर खिचिरहेका फोटोग्राफर स्पेन्सर टनिकले एएफपीसँग भने, 'उनी पराजित व्यक्ति हुन्।' उनैले महिलाहरूको नग्न फोटो खिचेका थिए। उनी नग्न मानिसहरूको फोटो खिच्न माहिर फोटोग्राफर मानिन्छन्। उनले यसअघि पनि विभिन्न स्थानमा मानिसहरूलाई नग्न बनाएर फोटोहरू खिचेका छन्। 

फोटोग्राफर टनिकले आगामी नोभेम्बरमा हुने निर्वाचनको समयमा यी फोटोहरू प्रस्तुत गरिने बताएका छन्। उनले यसको शीर्षक 'उनले भन्ने सबै कुरा सबै हो' राखेको बताएका छन्। उनले महिलाहरूले नग्न भएर ऐना देखाएर फोटो खिच्नुको अर्थ लगाउँदै भनेका छन्, 'ज्ञान र केही गर्ने चाहना भएका महिलाहरूका साथै मातृत्वको भावनालाई प्रस्तुत गर्न खोजिएको हो। 

उनले खिचेका यी फोटो राजनीतिक विषय जोडिएको आफ्नो जीवनको पहिलो नग्न फोटोहरू भएको बताएका छन्। 

उक्त प्रदर्शनमा उपस्थित भएकी ५५ वर्षीया मापो किन्नोर्ड, जो एक आर्ट प्रोफेसर र आर्टिस्ट पनि हुन्, उनले यो प्रदर्शनले टनिकको काम गर्ने शैली मन परेकाले प्रदर्शनमा सहभागी भएको बताएकी छन्। उनले आफूले ट्रम्पलाई कुनै पनि हालतमा भोट नदिने बताएकी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.