|

काठमाडौं : योहो टेलिभिजनको आधिकारिक युट्युव च्यानल ह्याक भएकोमा मिडिया अलाइन्सले दुःख व्यक्त गरेको छ।

टेलिभिजनहरुको संगठन अलाइन्सले विज्ञप्ती जारी गर्दै अनलाइन दर्शकमा पर्न गएको असुविधाप्रति दुःख व्यक्त पनि गरेको छ। विज्ञप्तिमा अनलाइन ह्याक गर्ने जस्ता गैरकानुनी कार्य गर्ने माथि छानविन गरि कारवाहीको दायरामा ल्याउन माग गरिएको छ।

मिडिया अलाइन्सका अध्यक्ष भाष्करराज राजकर्णिकारद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘यस्ता विषयहरुको समाधानका लागि मिडिया ’अलाइन्स तदारुकतापूर्वक लागिरहने जनाइएको छ।

यो हो टेलिभिजनका समाचार प्रमुख जीवराम भण्डारीले लाखौं दर्शकमाझ लोकप्रिय बनिरहेको प्रसारण नियतबस कसैले बन्द गराएको हुनसक्ने भन्दै आफुले कानुनी र प्राविधिक दुबै बाटोबाट यसको निराकरण खोजेको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.