|

  • मणिलाल विश्वकर्मा-

सिरहा : स्वतन्त्र मधेसको माग गर्दै आएका स्वतन्त्र मधेस गठडबन्धनका संयोजक सीके राउतलाई पाचौं पटक १० दिनका लागि म्याद थप गरी अनुसन्धान गर्न सिरहा जिल्ला अदालतले प्रहरीलाई आदेश दिएको छ। राज्य विरुद्धको संगठित अपराधको मुद्दामा राउतलाई इलाका प्रहरी कार्यालय लहानले मुद्दा चलाएर अनुसन्धान गरिरहेको छ। 

राउतलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले आदेश दिएको इलाका प्रहरी कार्यालयका डिएसपी हिराबहादुर पाण्डेले जानकारी दिए। राउतलाई पछिल्लोपटक फागुन २२ गते २० दिनका लागि थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत सिरहाले प्रहरीलाई आदेश दिएको थियो।

धनुषाको जनकपुरबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय लहानमार्फत् राज्य विरुद्धको संगठित अपराध अन्तर्गतको मुद्दामा पहिलो पटक गत माघ २१ गते सिरहा जिल्ला अदालतमा उपस्थित गराइएका राउतलाई अनुसन्धानका लागि १० दिनसम्म थुनामा राख्ने आदेश दिएको थियो।

प्रहरीलाई राउत विरुद्ध थप अनुसनधानका लागि अदालतले दोस्रो पटक फागुन १ गते १० दिन, तेस्रो पटक ११ गते १० दिन म्याद थपेको थियो। त्यस्तै राउतको समर्थन गर्नेलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.