|

काठमाडौं :  विश्वभरि रहेका क्रियाशील नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय संजाल (इन्जा) ले सोमबार विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सम्पूर्ण नेपाली पत्रकारहरूलाई अहिलेको परिस्थितिमा आफू पनि सुरक्षित रहेर सूचना प्रवाह गर्न आग्रह गरेको छ ।

जस्तोसुकै कठिन परिस्थितिमा पनि आफ्नो दायित्वलाई पूरा गर्नका लागिपर्ने आम सञ्चारकर्मीहरूले सार्वजनिक हितमा सूचना प्रवाह गरेर आम नागरिकहरूको सूचना पाउने हकलाई पूरा गरिरहेको इन्जाले जनाएको छ ।विश्व प्रेस स्वतन्त्रता दिवसका

अवसरमा आयोजित भर्चुवल बिशेष कार्यक्रममा बोल्ने नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, महासचिव रोशन पुरीको पनि सहभागिता रहेको थियो। धेरै बक्ताले प्रतिपक्षमा एउटा कुरा सत्तामा जादा अर्को कुरा गर्ने प्रबृत्तिको अन्त्यका लागि बिशेष आग्रह गरेका छन् ।

इन्जा ग्लोबलका अध्यक्ष गुणराज लुइटेल, इन्जा ग्लोबलका उपाध्यक्ष एवं इन्जा एशियाका अध्यक्ष टंक पन्त, इन्जाका सल्लाहकार तथा बरिष्ठपत्रकार योगेश उपाध्याय, तीर्थ कोइराला, घमराज लुइँटेल, बबिता बस्नेत, संचारिका समूहकी अध्यक्ष नीतु पण्डित,इन्जा ग्लोबलका बरिष्ठ उपाध्यक्ष बिष्णु शीतल, उपाध्यक्ष किशोर सापकोटा, न्युज एजेन्सी नेपालका अध्यक्ष सबिन धमलाले नेपालको संविधानले प्रेस स्वतन्त्रताका पक्षमा गरेको बलियो पक्षलाई ऐन नियम र निर्देशिकाका नाममा खुम्च्याउन नहुने साथै पत्रकारितालाई सबल बनाउन पत्रकार आफै पनि सचेत हुनु पर्ने बताए।

धेरै बक्ताले प्रतिपक्षमा एउटा कुरा सत्तामा जादा अर्को कुरा गर्ने प्रबृत्तिको अन्त्यका लागि बिशेष आग्रह गरेका छन् ।

सूचना प्राप्तिको स्वतन्त्रता व्यवहारमै पूर्ण रुपमा नभएसम्म संविधानमा लेखिएर मात्र हुँदो रहेनछ भन्ने देखिएको छ यसर्थ सूचना प्राप्तिमा सत्ता वा बाहिर जहाँ कहीँबाट पनि बाधा व्यवधान हुनु नहुने कुरामा पनि सहभागिहरुले जोड दिए ।

नेपालमा प्रेस स्वतन्त्रता बिरोधी घटना यो वर्ष ४५ वटा भएका छन् । ती घटनाबाट ५ सय ८४ जना पत्रकार र ३ मिडिया हाउस गम्भीर रुपमा प्रभावित र पीडित भएका छन् ।

५ सय ८४ पत्रकारमध्ये ७७ जना महिला पत्रकार छन् । बिभिन्न खाले आक्रमणबाट ४८ र दुर्व्यवहार, धम्कीको सामना १२ जना पत्रकारले गर्नुपरेको छ । ५ सय १७ जना पत्रकार विस्थापित हुनु परेको पत्रकार महासंघले जनाएको छ।

कमल ढकाल, केदार खडका, भगिरथ योगी,नीरु गौतम, दीपु पोख्रेल, दीपक रिजाल, रामचन्द्र खरेल, संजय घिमिरे,दोवा ढकाल, राम लामा, नारायण श्रेष्ठ, डा.मदन उप्रेती, मीरा राजभण्डारी, आनन्द कोइराला, अनुराधा पौडेल, सरोज दाहाल, सम्झना पौडेल, गोविन्दप्रसाद दुलाल, राजाराम गौतम, रमा पन्थी,अश्मिना पाण्डे,मिना शर्मा लगायत विभिन्न देशबाट सहभागि पत्रकारहरुले अनुभव र बिचार प्रस्तुत गरेका थिए।

आम नागरिकले सहि सूचना पाउँदा मात्रै लोकतन्त्र पनि बलियो हुँदै जाने र लोकतन्त्रको सुदृढीकरण भएमा मात्रै प्रत्येक नागरिकको समुन्नति हुने भन्ने कुरालाई आम सञ्चारकर्मीहरूले आफ्नो दायित्वका रुपमा लिएका छन् । राज्यले त्यसका लागि त्यो खालको ब्यबहार गर्ने गरेको छ त भन्ने प्रश्न उठ्ने गरेको पनि इन्जाले सम्बद्ध पक्षको गम्भीर ध्यानाकर्षण गराएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.