|

रुकुम (पूर्व) : रुकुम पश्चिममा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। सोमबार दिउँसो एक ६२ वर्षीया महिलाको मृत्यु भएको हो। 

ती महिलालाई एम्बुलेन्समार्फत जिल्ला अस्पताल सल्ले पुर्‍याइएको थियो। अस्पताल पुग्नुअघि नै एम्बुलेन्समा उनको मृत्यु भइसकेको अस्पतालले जनाएको छ। 

उनका आफन्तले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको र धेरै समस्या भएपछि अस्पताल ल्याइएको बताएका थिए। त्यसपछि जिल्ला अस्पतालले मृत्युपछि उनको एन्टिजेन विधिमार्फत नमुना परीक्षण गरेको थियो। उनको रिर्पोट पोजेटिभ आएको जिल्ला अस्पतालका फोकल पर्सन ईश्वर रावलले जानकारी दिए।

योसँगै जिल्लामा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ। गत वर्ष त्रिवेणी गाउँपालिकाकी एक महिलाको मृत्यु भएको थियो। यही वैशाख ६ गते मुसीकोट नगरपालिकाकी एक ४० वर्षीया महिलाको मृत्यु भएको थियो।

वैशाख १७ गते मुसिकोट नगरपालिकाकै ६० वर्षीय पुरुषको पनि मृत्यु भएको थियो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.