|

  • दीपक शर्मा-

सल्यान : सल्यानमा हाइड र्‍याम्प पम्प निकै प्रभावकारी पाइएको छ। सोलार, पेट्रोल डिजेलबिना नै पानीकै शक्तिबाट दुई सय मिटरसम्म पानी तान्न मिल्ने भएपछि सल्यानमा हाइड र्‍याम्प पम्प प्रभावकारी देखिएको हो।

सिँचाइको अभावमा बाँझो जमिन राख्न बाध्य किसानहरु कम उचाइबाट खसालिएको पानीको शक्तिले निश्चित उचाइसम्म पानी पुग्ने भएपछि किसानहरु खुसी भएका छन्। सल्यानजस्ता सुख्खा ठाउँका लागि यो प्रविधि निकै प्रभावकारी देखिएको छ। डाँडामा बस्ती र खोलामा पानीका मुहान हुँदा सल्यानमा पानीको निकै समस्या हुने गरेको छ।

सल्यानको बागचौर नगरपालिका २ जिउलामा हाइड र्‍याम्प पम्प जडान भएपछि २ सय मिटर माथिसम्म खोलाको पानी कुनै पनि खर्च नगरी पुगेको छ। खोलाबाट २ सय मिटरमाथि रहेको खेतमा सिँचाइको समस्या भएपछि स्थानीय किसानहरुले उक्त प्रविधिको पम्प जोडेको स्थानीय धर्मराज डिसीले जानकारी दिए।

बर्षायाममा मात्रै तरकारी उत्पादन गरी बजार लिने आफूहरु हिउँदमा मुहानको थोरै पानीको सिँचाइमा थोरै मात्र तरकारी खेती गरेकोमा अब हिउँद याममा पनि मनग्य आम्दानी गर्न सकिने डिसीको विश्वास रहेको छ। उनले भने, ‘नजिकै बजार छ, नजिकै बजार भए पनि माग अनुसारको तरकारी उत्पादन गर्न सकेका थिएनौ अब सक्नेछौं।’

यस्तै, स्थानीय किसान घनबहादर केसीले भने,  ‘हामीले वर्षामा तरकारी खेती गथ्र्यौं तर, हिउँदमा तरकारी रोप्नलाई सिँचाइ नहुने भएपछि गहुँ लगाउन बाध्य हुइन्थ्यो त्यो समाधान हुने भएको छ।’ पानीकै प्रेसरले पानी माथि जाने भएकाले यो प्रविधि सजिलो र किसानका लागि लाभदायिक हुने भन्दै उनले १ मिनेटमा १५ लिटरसम्म पानी भरिने भएकाले खेतिपातीका लागि पानी पनि प्रशस्त हुने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.