|

काठमाडौं:  पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यकक्ष केपी शर्मा ओलीले फेरि प्रधानमन्त्री बन्‍ने रहर नभएको बताएका छन्। शनिबार प्रा. डा‍‍. भिष्मराज प्रसाईंको 'आफैंलाई फर्केर हेर्दा' पुस्तकको विमोचन कार्यक्रममा ओलीले आफूलाई फेरि प्रधानमन्त्री बन्ने रहर नभएको बताए। 

योजनाबद्ध रुपमा अघि नबढ्दा नेपालको विकास नभएको तर्क गर्दै उनले योजना बनाएर काम गर्न नसक्नु नेपालको कमजोरी भएको बताए। 

'कृषिको अधुनिकीकरण, रेलमार्ग निर्माण, पर्यटन क्षेत्रमा राम्रो सम्भावना रहेका छन् काम गर्न चाहँदा पैसाको कमी रहेनछ, म प्रधानमन्त्री भएपछि थाहा पाएँ योजनाबद्ध रुपले सम्भवना छ तर, योजना नबनाई हिँडेको कारण हामीलाई समस्या परेको रहेछ' ओलीले भने।

सो अवसरमा ओलीले आफूलाई दोस्रोपटक प्रधानमन्त्री हुने रहर नभएको समेत बताएका छन्। तर, आफ्नो भिजनअनुसार काम गर्ने सरकार आउने र नेपालको छिटो विकास हुने विश्‍वाससमेत ओलीले राखे।

उनले भने, 'मलाई अब प्रधानभन्त्री हुने इच्छा वास्तवमै छैन तर, म प्रधानमन्त्री नभए पनि  भिष्मराजजीलाई म भन्छु- अहिले मैले भनेको जस्तो काम गर्ने सरकार अवश्‍य आउँछ'। ओलीले स्वास्थ्य क्षेत्रमा समेत आफ्नो मान्छे र पारई मान्छे भन्नेजस्ता कुरा गरिने भएको बताउँदै यस क्षेत्रमका राजनीति नगर्न सरोकारवालाहरुलाई आग्रह गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.