|

गोरखा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भर्खरै पदबाट राजीनामा दिएका छन्। उनको राजीनामा प्रदेश प्रमुख सीता पौडेलले स्वीकृत गरेकी छन्।

गुरुङको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन्। यस समयसम्मका लाथि वर्तमान सरकार कामचलाउ सरकार हुनेछ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डिप्रसाद अर्यालले जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकारका लागि आह्वान भएको उल्लेख गरिएको छ।

कसको नेतृत्वमा बन्ला नयाँ सरकार?

गण्डकीमा एमालेका २७, कांग्रेसका १५ र माओवादीका १२ र जनमोर्चाका तीन, जसपाका दुई र एक स्वतन्त्र सांसद छन्। नयाँ सरकार गठन गर्न विश्वासको मत लिनुपर्छ। त्यसका लागि कम्तिमा ३१ सांसद आवश्यक पर्छन्।

गत वैशाख २ गते कांग्रेसका १४, माओवादीका ११ र जसपाका तीनजना प्रदेश सभा सदस्यले हस्ताक्षर गरेर मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेस गरेका  थिए। राजमोले पनि अविश्वासको प्रस्तावकै पक्षमा मतदान गर्ने निर्णय गरेको थियो।

तर, राजमोका संसदीय दलका नेता कृष्ण थापा भने गुरुङ सरकारप्रति सकारात्मक थिए। उनी पार्टीको निर्णयप्रति सन्तुष्ट थिएनन्। 

गत वैशाख १५ गते अविश्वासको प्रस्तावमा मतदान हुने कार्यसूची थियो। तर, राजमोका सांसद खिम विक्रम शाही संसद बैठकमा अनुपस्थित भएपछि सभामुखले बैठक अनिश्चित कालका लागि वन्द गरिदिएको थिए

राजमो जता उसकै नेतृत्वको सरकार

तीन सांसद रहेको गण्डकी प्रदेशमा राजमोले जुन पक्षलाई साथ दिन्छ, अब सोही पार्टीको नेतृत्वमा नयाँ सरकार बन्ने निश्चित छ।

राजमोले एमालेलाई साथ दिएमा एमालेका २७, एक स्वतन्त्र र राजकोका तीन गरी ३१ पुग्छ। यो गण्डकीमा नयाँ सरकार गठनका लागि पर्याप्त संख्या हो।
कांग्रेसका १५, माओवादीका १२, जसपाका दुई मुख्यमन्त्री गुरुङ सरकार ढाल्न कसरत गरिरहेका छन्। अब यो पक्षलाई राजमोले साथ दिएमा जम्मा ३२  पुग्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.