|
Photo : dainikbhaskar.com

एजेन्सी : पटक-पटकको बलात्कार र तेजाव हमलापछि पनि हिम्मत नहारेकी एक महिलामाथि आरोपितहरुले एशिड खुवाएर हत्या प्रयास गरेका छन्। पीडित अहिले अस्पतालमा जिन्दगी र मृत्युको दोसाँधमा छिन्।

बलात्कारको घटनामा न्याय मागेकी ३५ वर्षीया रजोली (परिवर्तित नाम) भारतको उत्तर प्रदेश (यूपी) स्थित लखनउको सिरौज ह्‍याङआउट क्याफेमा काम गर्थिन्।  उनले आफुमाथि ८ वर्षदेखि बलात्कार हुँदै आएको आरोपसहित प्रहरीमा उजूरी गरेकी थिइन्।

१९ जनवरीमा लखनउ नजिकैको रायबरेली जिल्लाबाट उनका मालिकलाई एक धम्कीपत्र आएको थियो। पत्रमा लेखिएको थियो,'सबिनय अनुरोध छ रजोली (नाम परिवर्तित)लाई आफ्नो कम्पनीबाट निकालिदिनुस्। नभए केस फिर्ता गर्नुस्। यो सबै गर्नुभएन भने उनको शरिरमा रगत होइन तेजाब दौडनेछ।'

रायबरेली जिल्लास्थित उंचाहर रजोलीको गाउँ रजोलीको स्थायी ठेगाना हो। गाउँबाट आएको यस्तो धम्कीपत्रपछि एसएसपी मन्जिल सैनी र तत्कालीन डीएम सत्येन्द्र सिंहले पीडितलाई सुरक्षा दिने आश्‍वासन दिएका थिए। तर धम्कीको ३ महिनापछि बिहीबार उनलाई ट्रेनभित्र अज्ञात व्यक्तिहरुले एशिड खुवाए।

होलीमा आफ्नो घर गएर रजोली बिहीबार ट्रेनबाट लखनउ फर्कदै थिइन्। धम्कीपत्रपछि सुरक्षाको आश्वासन दिएको प्रहरीले यस घटनामा खास वास्ता नगरेका कारण उनलाई ट्रेनमै एशिड खुवाइयो।

रजोलीलाई सधैं डर थियो कि उनको हत्या हुनसक्छ। २० जनवरी २०१७ मा उनले गाउँको पुरानो घटनाका विषयमा भनेकी थिइन्,'यदी मेरो बच्चा हुँदैन थियो भने म आत्महत्या गर्थें। म आफ्नो बच्चाका लागि कठिन जिन्दगी बाँचिरहेकी छ। उसले मेरो शरिरमा खेल्यो। शरिर जलायो र काटिदियो। २००८ देखि म मरेर बाँचिरहेकी छु।'

सिरोज ह्याङगआउट क्याफेमा रजोलीसँगै काम गर्ने दुर्गा शुक्लाले भनेका छन्,'ट्रेनबाट फर्कने बेला उनीमाथि हमाला भएको थियो। स्थिति खराब छ। रजोली बोल्न सक्दिंनन्,' उनले भने,' घटनापछि उनलाई जीआरपी अस्पताल भर्ना गरिएको रहेछ। त्यसपछि सिरोज क्याफेमा यस विषयमा फोन आयो।'

छाँव फाउन्डेशनका संस्थापक सदस्य आशीष शुक्लाले भनेका छन्,' प्रशासनले देखाएको ढुलमुले रवैयाको शिकार रजोलीका भइन्। जब धम्की आएको थियो। प्रशासनले सुरक्षा दिन्छु भनेको थियो। तर गम्भीरता देखाएन।

रायबरेली जिल्लाको उँचाहरकी स्थायीवासी पीडित महिला आफ्ना पतिसँगै इन्दोरमा बस्दै आएकी थिइन्। एक घटनामा पतिको हात काटियो। त्यसपछि उनीहरु परिवारसहित गाउँ फिर्ता आए।

पीडितको आरोप छ,'२००८ मा म आफ्नो १ वर्षे छोरोलाई काखमा राखेर टिभी हेर्दै थिएँ।  गाउँकै एक युवक भोनू सिंह टिभी हेर्न मेरो घर आयो। उसले मलाई जिस्क्याउन थाल्यो। त्यसपछि मैले हात हानिदिए। यस घटनाको १ महिनापछि भोनू सिंहको परिवारका सदस्यहरुले मेरो बलात्कार गरे। २०११ मा ममाथि तेजाव प्रहार गरियो। यस्तो उनीहरुले मेरो साथ धेरैपटक गरे।'  गाउँबाट रजोली पछिल्लो समय जागिरका लागि लखनउ आएकी थिइन्।

रजोलीलाई के डर थियो भने यो घटना सुनाउँदा उनको हत्या हुनसक्छ। गाउँ जानुअघि उनले यस विषयमा आफ्नो नजिकका साथीलाई भनेकी थिइन्। नाम नछाप्ने शर्तमा उनकी साथीले गाउँ जानुअघि रजोलीले एसएसपी मन्जिल सैनीसँग कुराकानी गर्न खोजेको जानकारी दिएकी छिन्। तर धेरैपटक फोन गर्दा पनि प्रहरी अधिकारीहरुले एसएसपीको नम्बर उपलब्ध गराएनन्।

प्रहरीले घटनापछि छानविन थालेको छ। चारबागका जीआरपी इन्स्टपेक्टरका अनुसार घटनाको छानविन सुरु भएको बताएका छन्। उनले गंगा गोमती नामक ट्रेनबाट लखनउ आइरहेकी रजोलीमाथि बाटोमा २ जनाले एशिड खुवाएको बताएका छन्। ट्रेनमा सवार  मानिसहरुले यो दृश्य देख्दा देख्दै पनि कुनै सहायता नगरेको छानविनबाट खुलेको उनले बताएका छन्।

ट्रेन  चारबाग स्टेशन पुगेपछि एशिड खुवाउने २ व्यक्ति जीआरपी थानातर्फ मागेको अनुसन्धानबाट खुलेको छ। रजौली यतिबेलासम्म अर्धमूर्छित अवस्थामा थिइन्। एक महिलाले यसको जानकारी प्रहरीलाई दिइन्। तर त्यसपछि एम्बुलेन्स बोलाइयो र रजोलीलाई अस्पताल भर्ना गरियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.