|

हुम्ला :   ताजाकोट गाउँपालिका अन्तर्गत मदनाको गल्लावाडा गाउँमा भीषण आगलागी भएको छ। शनिबार अपरान्ह १ बजे आगो लाग्दा गल्लावाडा गाउँका ७ वटा शौचालयसहित ४ वटा घर जलेर पूर्ण रुपले नष्ट भएको स्थानिय बासी प्रयोगलाल ढकालले जानकारी दिए।  

आगलागीबाट आफ्नो घर जलेर पूर्ण रुपले नष्ट भएको पीडित रामदेव जैसीले बताए। गाईवस्तुलाई सुकाएर राखेको घाँसबाट आगो सल्किएको प्रहरीको अनुमा छ। बालबालिकाले आगो लगाएको आंशका गरिएको  छ।

आगो अहिले ७ बजे नियन्त्रणमा आएको प्रशान्त धमालले जानकारी दिए। अगलागी हुँदा घरमा भएको लुगाकपडा भाँडाकुडा जलेर नष्ट भएको र मानविय क्षति नभएको हुम्लाबाट हाम्रा संवाददाता अर्जुन बोहराले जनाएका छन्।

 आगो नियन्त्रणका लागि नजिकै रहेको कवाडी  प्रहरी चौकीलाई त्यस घटनास्थलामा पठाएको समेत जिल्ला प्रहरी कार्यलयका प्रहरी नावयउपरिक्षक कमल प्रसाद नेपाले जानकारी दिए। उनले क्षतिको विवरण आउन बाँकी रहेको बताए। । आगलागीबाट स्थानीय रामदेव जैसी,मनदत्त जैसी, रामशरण जैसी र मनप्रसाद जैसीको घर पूर्ण रुपले जलेर नष्ट छ।

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.