|

काठमाडौं: भूकम्पले क्षती पुर्‍याएका संरचना निर्माण गर्ने कलाकारमा फिल्म निर्माता एवं निर्देशक आकाश अधिकारी पनि थपिएका छन्। फिल्म अभिनयमा समेत जमेका अधिकारी भूकम्पले भत्काएका विद्यालयको पुनःनिर्माणमा जुटकेा छन्।

अधिकारी ‘आशाको ज्योती नेपाल’ नामक संस्था खोलेर विकट गाउँका विद्यालय भवन निर्माणमा जुटेका छन्। राज्य र अन्य संघसंस्था पुग्न नसकेका ठाउँमा आफू विद्यालय निर्माणमा लागेको अधिकारीले जानकारी दिए।

अधिकारीले ललितपुरको मगर गाउँ, नुवाकोटको थानसिङ्गमा विद्यालय भवन निर्माण गरिसकेका छन्। उनले शनिबार नुवाकोटको शिवपुरी गाउँपालिका, छापमा ३ कोठे विद्यालय भवन निर्माण गरेर हस्तान्तरण गरेका छन्। श्री बोर्लाङ्ग भूमे निम्न माध्यमिक विद्यालयमा आकाशले ३ कोठे भूकम्प रहित भवन निर्माण गरेर हस्तान्तरण गरेका हुन्। कार्यक्रममा उनले, ‘मलाई सुविधा सम्पन्न स्थानमा भन्दा पनि राज्य र अन्य निकायको आ“खा नपुगेको स्थानमा सहयोग गर्न मन लाग्छ। साना साना नानीहरु विद्यालयको कक्षा कोठा, भवन राम्रो भएन भने विद्यालय नै आउन छाड्छन्। मलाई उनीहरुको भविष्यको खुबै चिन्ता लाग्छ। यसैले म छापमा आइपुगेको हुं।'

अधिकारीलको संस्थाले निर्माण गरेको भवनमा कक्षा १, २ र ३ कक्षाका विद्यार्थीलाई राख्ने भएको छ।

विद्यालयका प्रध्यानाध्यापक, व्यवस्थापन समितिका अध्यक्ष, विभिन्न राजनीतिक दलका नेताले अधिकारी र उनको ‘आशाको ज्योती नेपाल’ नामक संस्थालाई भवन निर्माण गरिदिएकोमा धन्यवाद दिएका थिए।

अधिकारीलाई भवन निर्माणमा इटालीमा रहेको राम साथी, इको हिमाल, इ पेल्लिवादी लगायतले साथ दिएका छन्। आकाशले सधै समाजसेवामा लागिरहने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.