|

काठमाडौं :  नेपाल राष्ट्र बैंकले मंगलबार पुन: ५ अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने भएको छ। राष्ट्र बैंकले सूचना जारी गर्दै ५ अर्ब रुपैयाँको विकास ऋणपत्रको लागि बोलकवोल गरिने जानकारी गराएको हो। 

१३ वर्षको लागि खुलाइएको विकास ऋणपत्रमा व्याजदर भने तोकिएको छैन। 'बोल कवोलको माध्यमबाट बजारद्वारा निर्धारण भएको व्याजदर कायम गरिने छ' राष्ट्र बैंकले जारी गरेको सूचनामा लेखिएको छ। यस अघि राष्ट्र बैंकले फागुन १८ गते ६ वर्षको लागि ७ अर्ब रुपैयाँको ऋणपत्र जारी गरेको थियो।

मंगलबार दिउँसो तीन बजेदेखि ऋणपत्रको बोलकबोल गरिने र बुधबार ऋण पत्र निश्‍काशन गरिने राष्ट्र बैंकले जनाएको छ। अर्धवार्षिक रुपमा व्याज भुक्तानी गरिने व्यवस्था गरिएको यो ऋणपत्रको सावा भने राष्ट्र बैंकले २०८६ चैत १६ गते भुक्तानी गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.