|

जाजरकोट : जाजरकोटको एक विद्यालयमा गरिब, विपन्न तथा टुहुरा बालबालिकालाई सहयोग गर्न अक्षयकोषको स्थापना गरिएको छ। जाजरकोटको वारेकोट विशेष गाँउपालिका १ रामीडाँडाको कालिका आदर्श माध्यमिक विद्यालयमा गाउँमा भएका टुहुरा,गरिब तथा विपन्न परिवारका बालबालिकाहरुलाई सहयोग गर्न अक्षयकोषको स्थापना गरिएको हो।

आर्थिक रुपमा विपन्न, आमा बाबु नभई टुहुरा भई विचल्लीमा परी नियमित विद्यालय नआउने बालबालिकालाई सहयोग गरी नियमित रुपमा  विद्यालय आउने बनाउन विद्यालयले अक्षयकोषको स्थापना गरेको  कालिका आदर्श माध्यमिक विद्यालय रामीडाँडाका प्रधानध्यापक पृथ्वीराज ज्योतिले बताए।

विद्यालय व्यवस्थापन समितिको बैठकबाट निर्णय गरी शिक्षक तथा व्यवस्थापन समितिका पदाधिकारी र विद्यालय मिलेर २८ हजार नगद जम्मा गरेर अक्षयकोषको स्थापना गरिएको ज्योतिले जानकारी दिए। विपन्न तथा टुहुरा बालबालिकालाई सहयोग गर्न सहायता कोष स्थापना गरिएको उनले बताए।

अक्षयकोषको ब्याजबाट आउने रकम गरिब विपन्न तथा टुहुरा बालबालिकालाई कापीकलम किन्न सहयोग गर्ने ज्योतिको भनाइ छ।  बाबुको मृत्यु तथा आमाले अन्यत्र विवाह गरेर गएपछि विचल्लीमा परेका  वारेकोट विशेष गाँउपालिका १ रामीडाँडा दलित आग्राका शिव नेपाली जुम्ल्याह बहिनी सीता र पार्वतीलाई यो कोषबाट सहयोग गरिएको ज्योतिले जानकारी दिए। 

विचल्लीमा परेका शिव नेपाली कक्षा ४, सीता विक र पार्वती विक कक्षा २ मा अध्ययनरत छन्। गरिब परिवारका यी बालबालिकाहरु  बाबुको मृत्यु तथा आमाको अन्यत्र विवाह भएपछि विचल्लीमा परेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.